spot_img

चिसंखुगढीमा भिरबाट बोलेरो खस्यो, २ को मृत्यु, ९ गम्भीर

spot_img

काठमाण्डौँ । ओखढुंगाको चिसंखुगढीमा भिरबाट बोलेरो खस्दा २ जनाको मृत्यु भएको छ भने ९ जना गम्भीर घाईते भएका छन् । चिसंखुगढी गाउँपालिका ३ चापाकोटबाट जिल्ला सदरमुकाम तर्फ ११ जना यात्रु लिएर गईरहेको ना १ ज ८४७३ नम्बरको बोलेरो आईतबार विहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Advertisement

मृत्यु हुनेमा मिन बहादुर श्रेष्ठ र भक्त बहादुर थापा रहेको प्रत्यक्षदर्शी राजु शर्माले सत्यप्रेसलाई जानकारी दिए । दुर्घटनामा तिर्थ लक्ष्मी थापा, सर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुसा श्रेष्ठ , केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की रहेका छन् ।

Advertisement

गम्भीर घाईते सबैलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइने तयारी भईरहेको छ । क्षमता भन्दा बढी यात्रु बाकेका कारण उकालोमा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

Advertisement

घाईते अधिकांशको टाउको फुटेको छ भने शरिरको भिभिन्न भागमा चोट लागेको प्रत्यक्षदर्शीले शर्माले बताए । बोलेरो सडकबाट अन्दाजी २०० मिटर तल खसेर क्षतविक्षत भएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै