spot_img

सांसद भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

spot_img

काठमाडौं । ग्यास सिलिन्डरको विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई बुधबारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।

Advertisement

नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ । उनलाई मंगलबार राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र बुधबारसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमासँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

Advertisement

नेसनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘ईटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको उनले जानकारी दिए ।

Advertisement

नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् । उहाँलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि आईबीसीयू (इन्टेन्सिभ बर्न केयर युनिट)बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएको नेता कँडेलले जानकारी दिए ।

यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको बिस्फोट हुँदा सांसद डा. भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै