spot_img

सोलुदुधकुण्डको बोल्ड निर्णय : नियम विपरित निर्माण भइरहेका घर टहरा, ग्यारेज हटाइने

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नीजि तथा व्यवसायिक प्रयोजनको लागि जथाभावी रुपमा सडक ट्रयाक खोल्ने र सडक छेउछाउ ढुङ्गा, गिटी, बालुवा उत्खनन् गर्ने कार्यलाई बन्द गर्ने, नगरपालिकाको मुख्य बजारक्षेत्रमा मापदण्ड विपरित र अनाधिकृत रुपमा निर्माण भइरहेका घर, टहरा, ग्यारेज हटाउने निर्णय गरेको छ ।

Advertisement

यही पुस २६ गते सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेलजाङबु शेर्पाको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको सातौं बैठकले यसका साथै विभिन्न निर्णय गरेको हो ।

Advertisement

बैठकले नगरपालिकाभित्रका विभिन्न स्थानमा चल्ने यातायातका लागि स्थानीय भाडादर निर्धारण गरी नगरपालिकाभित्र रातो नम्बर प्लेटका गाडीमा भाडाका यात्रुहरु बोक्न निषेध गर्ने, सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाको नेलेमा केही समय अघि भएको आगलागीमा परेका पीडितहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

Advertisement

यस अवसरमा स्थानीय तहको संस्थागत स्वमूल्याङ्कन र वित्तीय जोखिम मूल्याङ्कनमा प्राप्त नतिजालाई स्वीकृत गरी अनुमोदनका लागि आगामी सभामा पेश गर्ने निर्णय भएको छ ।

अघिल्लो महिनामा बसेको बैठकको निर्णय कार्यान्वयनको समिक्षा गर्दै शुरु भएको बैठकले नगरपालिकाका लागि आवश्यक विभिन्न शाखासँग सम्बन्धित विषयमा तर्जुमा भई पेश भएका कार्यविधिहरु स्वीकृत गर्ने गरेको छ भने नगरपालिकाले नागरिकका लागि प्रवाह गर्ने सेवाको वर्तमान अवस्थाका बारेमा समेत छलफल गर्नुका साथै नगरपालिकाको चौमासिक आय÷व्ययको विवरण समेत सार्वजनिक गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै