spot_img

साल्मेबासी भन्छन्, ‘अपर सोलु हाइड्रोले अति प्रभावित बस्तिलाई वेवास्ता गर्यो’

spot_img

काठमाण्डौँ । हाइड्रो अति प्रभावित साल्मेबासीले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड सम्झौता कार्यान्वयनमा इमानदार नबनेको आरोप लगाएका छन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका हुँदै बग्ने सोलुखोलामा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना निर्माणको समयमा सरोकार समितिसँग गरिएको सम्झौता कार्यान्वयनमा आनाकानी गरेको स्थानीयले आरोप लगाएका छन् ।

Advertisement

हाइड्रोले निशुल्क विद्युत, एक घर एक रोजगारी, नियमित स्वास्थ्य जाँच, बस्ति स्थानान्तरणको सहमति कार्यान्वयनमा उदासिनता देखाएको आवाज उठाउदा स्थानीय प्रशासन प्रयोग भएको स्थानीयको भनाई छ । आयोजनाका अति प्रभावित परिवारलाई निशुल्क विद्युत वितरण गर्ने सहमति अनुसार महसुल भुक्तानी बन्द गरेकाले स्थानीयलाई समस्या बनाएको भूपध्वज कार्कीले बताए ।

Advertisement

‘केही महिनादेखि विद्युत महसुल तिर्न बाँकी भएकाले च्याल्सा सल्लेरी विद्युतबाट पत्र आइसक्यो तर आयोजनाले महसुल भक्तानीमा चासो देखाएको छैन् । हामीले आवाज उठाउदा उल्टै प्रहरी परिचालन गरेर त्रास फैँलाउने काम गर्दै आएको छ ।’उनले भने । सहमति कार्यान्वयनमा खबरदारी गरेपनि अपर सोलु हाइड्रोले कानमा तेल हालेर बसेको उनको आरोप छ ।

Advertisement

निशुल्क विद्युत बाल्न पाउने सहमति अनुसार बाँकी रकम भुक्तानी गर्न आवाज उठाउदा प्रहरी परिचालन गरि स्थानीयलाई त्रासमा राखेको साल्मेबासीको भनाई छ । आयोजनाको तर्फबाट आफूलाई डिएसपी भन्ने व्यक्तिले गाउँमा त्रास फैँलाउन थालेपछि स्थानीयले त्यस्ता व्यक्तिलाई हटाउन र सौहार्दपुर्ण वातावरण निर्माणमा सहयोग गर्न माग गर्दै कम्पनीको केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण समेत गराएको आयोजना प्रभावित क्षति मुल्यांकन समितिका संयोजक राज कुमार प्रधानले बताए । सोही ध्यानाकर्षणको बोदार्थ जिल्ला प्रशासन, प्रहरी, राष्ट्रिय मानव अधिकार आयोगलाई पनि पठाइएको थियो ।

प्रधानले भने, ‘ध्यानाकर्षण पत्रमा हामीले लगानीकर्ता समेत रहेको अति प्रभावित क्षेत्रका नागरिक भएकाले योग्यता र क्षमताको आधारमा नियुक्ती गर्न माग समेत गरेका छौँ ।’ अपर सोलु हाइड्रो यो पटक अलि बढि नै उदासिन देखिनुले प्रभावित क्षेत्रका नागरिक थप प्रभावित बनेको उनको भनाई छ ।

आयोजनाले रोजगारी, स्वास्थ्य परीक्षण, बस्ति स्थानान्तरणको विषयमा पनि संवेदनशील नबनेको स्थानीयले गुनासो गरेका छन् । ‘सडक मूनिको केही घर तत्काल स्थानान्तरण आवश्यक रहेपनि आयोजना चुपचाप बसेको छ ।’कार्कीले बताए । आयोजना निर्माणको समयमा ब्लाष्टिङका कारण घरमा क्षति पुगेको छ भने स्थानीयमा मानसिक समस्या देखिएको छ । आयोजनाको निर्माणले साल्मे बस्तिमा जोखिम थपिएको छ ।

साल्मेबासीको आरोपको बारेमा अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका आधिकारिक व्यक्तिलाई सम्पर्क गर्दा कुरा गर्न चाहेनन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै