spot_img

नेचासल्यानका ८५ शिक्षक सहभागी तालिम सुरु

spot_img

सोलुखुम्बु । रीड नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको सहकार्यमा ५ दिने प्रारम्भिक बाल विकास तथा आधारभूत तह (अंग्रेजी, गणित, विज्ञान प्रविधि र सामाजिक विषय)को शिक्षक तालिम सुरु भएको छ ।

Advertisement

बुधबारबाट हिमाल दर्शन माध्यमिक विद्यालय नेचामा सुरु तालिममा नेचासल्यान गाउँपालिका भित्रका विभिन्न विद्यालयका १९ प्रारम्भिक बाल विकास शिक्षक, ६२ जना आधारभूत तहका शिक्षक र ४ जना स्थानीय स्रोत शिक्षक गरि ८५ जनाको सहभागीता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरु (अंग्रेजी) मुक्ति घिमिरे, (गणित) सरद गौतम, (विज्ञान) राजीव ढुंगाना, (सामाजिक) विष्णु प्रसाद उपाध्याय र (इसिडिइ) सुजाता राईले गर्नेछन् ।

Advertisement

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यता र पालिका उपाध्यक्ष बिना राईको विशेष अतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अध्यक्ष राईले तालिमले शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष बिना राईले तालिममा सिकेका कुरालाई विद्यालयसम्म पुर्याउन आग्रह गरिन् ।

Advertisement

सामुदायिक विद्यालयमा अंग्रेजी, गणित, विज्ञान विषयको सिकाइ उपलब्धी कम हुने र गाह्रो विषयका रुपमा लिने गरेकोले पछिल्लो परिवर्तित पाठ्यक्रमलाई आधार मानेर प्रविधिसंग जोड्दै तालिम संचालन गरिने शिक्षा विकास संयोजक केशवदेव गिरीले बताए । यस अघि सोलु दुधकुण्ड नगरपालिका, माप्य दुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकामा यहि प्रकृतिका तालिम संचालन गरिसकेको रीड नेपालले सोताङ, महाकुलुङ र लिखुपिके गाउँपालिकामा पनि तालिम संचालनको तयारी गरेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै