spot_img

जनताबाट अनुमोदित हुने धर्मराज पोखरेलको हुटहुटी (भिडियो)

spot_img

काठमाण्डौँ । पेशाले इन्जिनियरिङ, सोही पेशाको कमाइबाट लोक संगीतको प्रबद्र्धन, समाजसेवा र कृषि क्षेत्रको व्यवसायिकीकरणमा तल्लिन धर्मराज पोखरेल ‘धारा’ चुनाव चिन्ह लिएर खोटाङ प्रदेश सभा ‘क’मा मैदानमा छन् ।

Advertisement

गठबन्धनका कारण कांग्रेस जिल्लामा एउटा प्रदेशमा खुम्चिएपछि बिद्रोहका पाइला चालेका उनलाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले काँध थापेको छ । ‘धारा’ चुनाव चिन्ह लिएर मतदाता भेटघाटमा व्यस्त पोखरेल चुनावी माहौल बनाउदैछन् ।

Advertisement

बोलेको कुरा गर्ने स्वभावका उनीमा जनताबाट अनुमोदित हुने हुटहुटी देखिन्छ । राप्रपामा हुँदा तीन पटक चुनाव लडेका पोखरेलले जनमत पाएनन् । उनी २०६४ र २०७० सालमा संविधान सभा र २०७४ सालमा प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका थिए ।

Advertisement

पछिल्लो समय नेपाली कांग्रेसका प्रवेश गरेका उनले जिल्ला उपसभापति पदको जिम्मेवारी सम्हाले । चौधौ महाधिबेशनका लागि खोटाङबाट लोकप्रिय मतसहित महाधिबेशन प्रतिनिधि जितेका उनले २०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर टिकट पाएपनि पार्टी भित्रकै किचलोका कारण दाबी छाडेर आफ्ना उम्मेदवार जिताउन लागे ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका कारण कांग्रेस खोटाङ प्रदेश सभा ‘ख’मा सिमिति बन्न पुग्यो । त्यो परिस्थितिमा कांग्रेसका उम्मेदवारहरुले बिद्रोहको संकेत दिदै प्रतिनिधि सभामा सर्वधन राई र प्रदेश सभा ‘क’मा सुवास पोखरेल र धर्मराज पोखरेलले उम्मेदवारी दिए । पार्टीको दबाबमा सर्वधन र सुवासले उम्मेदवारी फिर्ता लिएपनि कांग्रेस खोटाङले सहयोग गर्ने सर्तमा धर्मराजले उम्मेदवारी कायम राखे ।

निर्वाचन आयोगबाट ‘धारा’चुनाव चिन्ह पाएका उनको जितको लागि जिल्लास्तरका नेताले काँध थापेका छन् । जिल्ला सभापति विष्णु राई लगायतका नेताहरु धर्मराजलाई जिताउने अभियानमा सामेल छन् ।

स्वतन्त्र उम्मेदवार धर्मराज भन्छन्, ‘चुनावी माहोल धाराको पक्षमा बन्दै गएको छ । कांग्रेसीजनहरुले भोट कहाँ हाल्ने भन्ने अन्यौलतालाई चिरेर विकल्प दिएका छौँ । म अझै केही वडामा पुग्न बाँकी छ । क्रमशःजाँदै छु । जित्नका लागि कसैले रोक्न सक्दैन ।’

कांग्रेसको अधिकांश मत आफूलाई आउने र एमाले समर्थकको एउटा पंक्तिले सघाउने पोखरेलको दाबी छ । अन्तिम घडीमा प्रतिनिधि सभाका आफ्ना उम्मेदवारलाई जिताउन प्रदेशमा माओवादी पनि आफ्नै कित्तामा आउने उनी बताउछन् । ‘केन्द्रमा कांग्रेसीको सहयोग चाहिन्छ भने माओवादीले प्रदेशमा मलाई सघाउन तयार हुनुपर्छ’उनले भने ।

यसअघि जिल्ला कार्यसमितिको बैठक बसेर कांग्रेस नेता इवन राईको संयोजकत्वमा वार्ता समिति समेत गठन गरेको थियो । स्रोतका अनुसार माओवादी नेतृत्वसँग सहमतिका लागि छलफल भइरहेको छ ।

कांग्रेसका नेताहरुका अनुसार गत स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा कांग्रेसको मत करिब १७ हजार, एमालेको करिब १२ हजार र एकिकृत समाजवादीको मत करिब १५ सय हो । गठबन्धन भित्र मतहिसाबले ठूलो दल कांग्रेसलाई बाइपास गरेर समाजवादीलाई दिएपछि कांग्रेसका नेता रुष्ट देखिएका हुन् ।

खोटाङ प्रदेश सभा ‘क’मा एमालेबाट पाँचकर्ण राई (पिके), गठबन्धनबाट समाजवादीका वीरबलकाजी राई लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । हरेक उम्मेदवारले जितको दाबी गरिरहदा स्वतन्त्र उम्मेदवार पोखरेल आफ्नो प्रतिस्पर्धा एमाले उम्मेदवारसँग हुने बताउछन् ।

कृषिलाई मुख्य चुनावी एजेण्डा बनाएका पोखरेल यो पटक संसद छिर्ने दाउमा छन् । उनले भने, ‘मेरो उम्मेदवारीले मतदातामा खुसी पाएको छु । त्यो नै मेरो जितको आधार हो ।’ उनले राजनीतिलाई सेवा ठान्छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै