spot_img

घातक रोग वापतको विमा दावी घरमै पुगेर हस्तान्तरण

spot_img

काठमाण्डौँ – रौतहट निवासी फणिदेव महतले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ५ लाख बराबरको विमाङ्क राखेर जिवन विमा गरेका थिए । विमा गरेर ४ किस्ता प्रिमियम बुझाएपछि उनि विरामी परे । उपचार गर्दै जाँदा उनलाई ब्रेन ट्यूमर भएको थाहा भयो ।

Advertisement

हाल उनी काठमाडौंमा बसेर उपचार गराइराखेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले बिमितको २० वटा प्राण घातक रोगको उपचार गर्ने उत्कृष्ट पोलेसी राखेको छ । सोहि अनुसार फणिदेव महतोले आफुले गरेको जिवन बिमामा ब्रेन ट्युमर रोगको उपचार खर्च पाउने भए पछि निवेदन दिएका थिए ।

Advertisement

कम्पनिमा रोग पहिचान भएको कागज पत्र सहित निवेदन प्राप्त भएपछि प्रकृया पुरा गरि विमपतको घर मै पुगेर चेक हस्तानतरण गरेको सिटिजन लाईफ इन्श्योरेन्सका एजेन्सी मेनेजर सुरेश बाबु जमरकट्टेलले जानकारी दिए । सिटिजन लाईफ इन्श्योरेन्स स्वयम्भु एरियाका एरिया म्यानेजर बिष्णु प्रसाद सापकोटा, स्वयम्भु शाखा प्रमुख कल्पना कार्की सहित स्वयम्भु शाखा टिम महत उपचारको लागि बस्दै आएको काठमाडौ सितापाईला स्थित नातेदारको घरमै गएर घातक रोगको सुबिधा बापत ४ लाख ८४ हजार ८६२ रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

Advertisement

आफु प्राणघातक रोगले थला परेर बसेका बेला शिघ्र स्वास्थ्य लाभको कामना सहित चेक लिएर घर मै आएकोले विमा गर्नु आफु र आफ्नो परिवारको लागि अपरिहार्य रहेको बिमित (बिरामी )महतोले बताए ।’’जिवनमा अचानक आईपर्ने दुर्घटना वा घातक रोग र आर्थिक समृद्धिको लागि सिटिजन लाईफको आवश्यकता रहेछ भन्ने कुरा सबैले बुझ्नु पर्ने रहेछ ।’’ बिमित महतोले थपे ।

मानिसलाई लाग्ने २० प्राण घातक रोगको जोखिम बहन तथा आकस्मिक हुने दुर्घटना जोखिम बहन जस्ता उत्कृष्ट पोलेसी, कुसल व्यवस्थापक र सक्षम विमा कर्मी सिटिजन लिडर्सहरुको टिम भएकै कारण जनमानसमा जिवन विमा कम्पनि भन्ने वित्ति कै सिटिजन लाईफ इन्श्योरेन्स लाई नै सम्झने गरेको एजेन्सी मेनेजर सुरेश बाबु जमरकट्टेलले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै