spot_img

सोलुका २२ जनाले त्यागे नागरिकता

spot_img

सोलुखुम्बु – पछिल्लो करिब १२ वर्ष भित्र सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार वि.स. २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरि २२ जनाले नागरिकता त्याग गरेका हुन् ।

Advertisement

वि.स. २०६६ मा ४ जनाले, २०६८ मा २ जनाले, २०७१ मा १ जनाले, २०७२ मा ३ जनाले, २०७४ मा ३ जनाले, २०७५ मा २ जनाले, २०७६ मा ४ जनाले, २०७८ मा १ जनाले र २०७९ को हाल सम्ममा २ जनाले नेपाली नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिए ।

Advertisement

रोजगारीको सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्ने अधिकाशं अमेरिका गएकाहरु छन् भने केही मात्रामा अन्य युरोपियन मुलुकहरु गएकाहरु पनि रहेका छन् ।

Advertisement

जसका लागि स्वयम नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ ।

सोही अवधीमा २ जना पुरुषको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै