spot_img

माप्यमा शिक्षक तालिम सुरु

spot_img

रीड नेपालको आयोजना तथा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा ५ दिने प्रारम्भिक बाल विकास सम्बन्धी तालिम सुरु भएको छ ।

Advertisement

बासा स्थित हिमालय माविमा सुरु तालिमको पालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन गरे । अध्यक्ष राईले तालिमले व्यक्त्तित्व विकास तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा राखे । प्रारम्भिक बाल विकास कक्षालाई पालिकाले पनि महत्वका साथ हेरेको र बालविकास कक्षालाई व्यवस्थित गर्ने योजना बनाएको बताए ।

Advertisement

बालविकास शिक्षकको मनोवल उच्च राख्न पालिकाले पारिश्रमिकमा मासिक पाँच हजार थप गर्ने गरि बजेट विनियोजन गरेको जानकारी गराए । तालिममा सिकेका सीप कक्षा कोठासम्म पुर्याउन आग्रह गरे ।

Advertisement

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा, महत्व, कक्षा कोठा व्यवस्थापन, सामग्री निर्माण, दैनिक कार्यतालिका अनुसार कक्षा संचालन विधि, नयाँ पाठ्यक्रम अध्यन तथा प्रयोग विद्यार्थी मूल्यांकन तथा विद्यार्थीको पोर्टफोलियो निर्माणका विषयवस्तु समिटिने रीड नेपालका शिक्षा विकास सयोजक केशव देव गिरीले जानकारी दिए ।

तालिममा माप्य दुधकोशी गाउँपालिका भित्रका २० ओटा विद्यालयका २० जना बाल विकास शिक्षकहरु तथा २ जना स्थानीय स्रोत शिक्षक हरुकोको सहभागिता रहेको छ । तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई, वातावरण अधिकृत निरन्जन रुपाखेतीले गरिरहनु भएको छ ।

रीड नेपालले सोलुखुम्बुका सय शिक्षकहरुलाई एक महिना भित्र सोही प्रकृतिको तालिम दिने लक्ष्य राखेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै