spot_img

डिभिजन वन कार्यालय सोलुखुम्बुमा किन लगाइयो ताला ?

spot_img

डिभिजन वन कार्यालय सोलुखुम्बुमा ताला लगाइएको छ ।

Advertisement

भदौ २ मा डिभिजन वन कार्यालय, सुर्खेतको वन अपराधको अनुसन्धानका क्रममा थुनुवा कक्षमा रहेका बेला ५८ वर्षीय धनीराम लामिछानेको मृत्यु भएपछि वन कार्यालयका चार जना कर्मचारीलाई नियन्त्रणमा लिइएकाले उनीहरुको रिहाईको माग गर्दै सोलु कार्यालयका कर्मचारीले पनि मंगलबार तालबन्दी गरेका हुन् ।

Advertisement

वीरेन्द्रनगर नगरपालिका-१३ को झुप्रेखोलामा भएको अवैध काठ कटानीमा भएको र त्यसमा लामिछानेको संलग्नता भएको दाबीसहित नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला लामिछानेको मृत्यु भएको थियो ।

Advertisement

उनको मृत्युपछि सहायक वन अधिकृत कृष्णराम धिताल, फरेस्टर सन्तोष खत्री र वनरक्षकहरु पियुसराज तिवारी र सुरेन्द्र रानालाई नियन्त्रणमा राखिएको छ । डिभिजन वन सोलुखुम्बुका कर्मचारीहरुले उनीहरुको निसर्त रिहा गर्न माग गरेको र एकदिन कार्यालयमा तालाबन्दी गरेर दबाब सृजना गरेको फरेस्टर खेचरबाबु बास्तोलाले जानकारी दिए ।

लामिछानेले आत्महत्या गरेको वन कर्मचारीहरुको दाबी छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै