spot_img

जिल्ला सामुदायिक आँखा केन्द्रबाट बस्नेतको बिदाई, १७८२ मोतिबिन्दुका बिरामीको शल्यक्रिया

spot_img

नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका बरिष्ठ अनुगमन मुल्यांकन तथा परियोजना विकास अधिकृत पुष्पबाबु बस्नेतको विदाई गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा नेत्र अधिकृतको रुपमा लामो समय काम गरेका बस्नेतलाई एक कार्यक्रमका बिच विदाई गरिएको हो ।

Advertisement

नेपाल आँखा कार्यक्रम, तिलगंंगा आँखा प्रतिष्ठान अन्तरगत जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुमा काम गरेर विदाई हुने क्रममा बस्नेतले २० बर्षको अवधिमा १७८२ मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको, ६६ हजार ८६७ जनाको आँखा उपचार गरिएको विवरण प्रस्तुत गरे । जिल्लामा रहेर काममा सहयोग गर्ने सबै प्रति अभार व्यक्त गरे । साुमदायिक आँखा केन्द्र फाप्लुका व्यवस्थापन समितिका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले जिल्लामा बस्नेतले पु¥याएको योगदानको प्रसंसा गरे ।

Advertisement

बस्नेतलाई मायाको चिनो हस्ताण्तरण गरिएको छ । कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Advertisement

१७८२ मोतिबिन्दुका बिरामीको शल्यक्रिया

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु संचालनको २० बर्षको अवधिमा १७८२ मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ । सन् २००३ मा स्थापना भएको आँखा केन्द्रले जिल्लाभर १४० वटा छनौट शिविरबाट ४० हजार ५४० जनाको आँखा परीक्षण गरेको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंंगा आँखा प्रतिष्ठान अन्तरगत सोलुखुम्बुमा सन् २००२ बाट आँखाको उपचार शिविर शुरु गरिएको थियो । हिमालयन मोतिबिन्दु परियोजनाको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको साझेदारीमा संचालित छनौट शिविरबाट पहिचान भएका मोतिबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गर्दै आइएको छ ।

हाल शल्यक्रियासहितको आफनै भवनबाट सेवारत आँखा केन्द्रले ६३१ जना शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र आमा समूहलाई तालिम समेत प्रदान गरेको छ । जिल्लामा ५ स्थानमा ग्रामिण आँखा केन्द्र र स्याट्लाइट आँखा केन्द्र स्थापना गरेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ अनुगमन, मुल्यांकन तथा परियोजना विकास अधिकृत पुष्पबाबु बस्नेतले जानकारी दिए ।

आँखा केन्द्रबाट हालसम्म ६६ हजार ८६७ जनाको आँखा उपचार गरिएको छ । त्यसमध्ये ५९ हजार ७६७ जना नयाँ र ७ हजार एक सय जना नियमित फलोअपका बिरामी छन् । जिल्ला सामुदायीक आँखा केन्द्रले स्थापनाकाल देखि हालसम्म आँखा सम्बन्धी सुरक्षात्मक, प्रर्वद्धनात्मक र उपचारात्मक सेवा प्रवाह गर्दै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै