spot_img

बैङ्किङ कसुरमा एक व्यक्ति पक्राउ

spot_img

 जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बैङ्किङ कसुरमा एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका २७ वर्षीय दिपक किराँती रहेका छन् ।

Advertisement

प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जंग शाहका अनुसार उनलाई १६ लाख रुपैयाँ भन्दा बढी रकमको चेक बाउन्स कसुरमा आईतबार साँझ सल्लेरीबाट पक्राउ गरिएको हो ।

Advertisement

गंगी माया राईले दिएको जहोरीमा उच्च अदालत पाटनले जारी गरेको पक्राउ पुर्जीको आधारमा किराँतीलाई प’क्राउ गरेको डिएसपी शाहले बताए । किराँतीलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँले सोलुखुम्बु प्रहरीलाई पत्र लेखेको थियो ।

Advertisement

उनलाई आज (सोमबार) विहान जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौँ पठाइएको छ । उक्त कसुरमा लामो समयदेखि फरार किराँती जिल्ला भलिबल सघं सोलुखुम्बुका अध्यक्ष र वाईसीएल थुलुङ दुधकोशीको इन्चार्ज हुन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै