spot_img

सोलुदुधकुण्ड नगरपालिकाले कामको आधारमा करार कर्मचारीको म्याद थप्ने (यी हुन् २५ निर्णय)

spot_img

सोलुखुम्बु ।  सोलुदुधकुण्ड नगरपालिकाले बेरुजु फछ्र्यौट समिति गठन देखि करार कर्मचारीको कामका आधारमा म्याद थप सम्मका २५ निर्णय गरेको छ ।

Advertisement

मेयर नाम्म्गेल जाङबु शेर्पाको अध्यक्षतामा बसेको मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८–७९ को कार्यक्रमको साउन २२ गते समिक्षा गर्ने, सल्लेरी बजारको बाटो तत्काल मर्मत प्रक्रिया अघि बढाउने, फाप्लु– सल्लेरी–दोर्पु बिचको टेलिकमको पोल, तार लगायतका अन्य विद्युतीय तारको नियम अनुसार व्यवस्थापन गर्ने, सल्लेरी बजार खानेपानी व्यवस्थापनको कार्य तत्काल अघि बढाउने निर्णय गरेको हो ।

Advertisement

बैठकले सल्लेरी च्याल्सा र नेपाल विद्युत प्राधिकरणको महसुलमा एकरुपता ल्याउन अनुरोध गर्ने र महसुल अनलाईन प्रणालीबाट गर्ने व्यवस्था मिलाउने, शहरी विकास मन्त्रालयबाट सघन सहरी पुर्वाधार कार्यक्रमको लागि बिनियोजन गरिएको १ करोड ८० लाख रकमबाट सोलुदुधकुण्ड नगरपालिका ४ स्थित बस पार्कको बाँकी निर्माण कार्यलाई डिपिआर अनुसार कार्य गर्न रकम पर्याप्त नभएकोले थप बजेट माग गरि क्रमागत कार्य गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, १ करोड ८० लाखको लागतमा वडा नम्बर ६ को नयाँ बजार छेउ देखि दोर्पु हुँदै वडा कार्यालय सम्म जोड्ने सडक स्तरोन्नतीका लागि सिफारिस गर्ने निर्णय गरिएको मेयर नाम्ग्ेल जाङ्बु शेर्पाले जानकारी दिए ।

Advertisement

तामाखानी–पिके, दिमिल–पिके बेनी–वोरगाङदो डाँडा र रिङमु–दुधकुण्ड केवलकार अध्ययन गर्न इन्फ्राइन्सट्रक्चर विकास बैंक लगायतसँग अनुरोध गर्ने, सिसाखोलामा अध्ययन भएको २.८ मेगावट क्षमताको जलविद्युत आयोजना नगरपालिकाको स्वामित्वमा ल्याई दिगो सञ्चालनका लागि दातृ निकाय सँग समन्वय गर्ने, नगर कार्यपालिका र वडा कार्यलयको भवन लगायतका अन्य पुर्वाधार विकास आयोजनाहरुको काम अघि बढाउनका लागि विस्तृत प्रतिवेदन तयार गर्ने, चकमके डाँडामा टावर विस्तारको कामलाई तिब्रता दिन टेलिकमलाई ध्यानकर्षण गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

जथाभावी बनेका घर नगरपालिका र वडा मार्फत अनुगमन गरि त्यस्ता कार्यलाई निरुत्साहित गर्ने, नगरपालिकाबाट भवन निर्माण मापदण्डलाई कडाई गर्ने निर्णय पनि गरिएको छ । सेनिटरी प्याड र डाइपर प्रयोगमा प्रोत्साहन गर्ने, यसअघि प्रतिबन्ध गरिएको प्लाष्टिक लगायतका वस्तुको प्रयोग न्यूनिकरण र फोहोरमैला व्यवस्थापनका सवालमा विभिन्न निकाय सँग समन्वय र कडाई गर्ने, दुधकुण्ड मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाउने, सडक बत्तिको अनुगमन र निरक्षण गरि मर्मत संभार गर्ने निर्णय गरिएको छ ।

बाँझो जमिनको तथ्याङ्क संकलन गरि के कस्ता योजना संचालन गर्न सकिन्छ सुझाव माग गर्ने, वडा कार्यालयको प्रशासनिक भवन निर्माण कार्यको ऐन नियम अनुसार म्याद थप्ने, काम सम्पन्न नभएका लामजुरा सडक स्तरोन्नती, सिसाखोला पुल, सोलुखोला पुल, दुग्ध संकलन केन्द्र योजनाको म्याद थप गर्ने, खाम्दिङमा प्रहरी चौकी स्थापनाका लागि माग गर्ने र वडा नम्बर १, ९ र १० मा शाखा रहित बैंकिङ सेवाका लािग विभिन्न बैँकलाई अनुरोध गर्ने, विपद्मा परेका नागरिकलाई राहत प्रदान गर्ने र सवारी दुर्घटनाका घाइते सोलुदुधकुण्ड नगरपालिका ८ का अनिल खड्काको उपचारका लागि ५० हजार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै