spot_img

विद्युत नियमित गराउन सोलुदुधकुण्डको एक्सन, मेयरले गरे छलफल

spot_img

सोलुखुम्बुको सदरमुकाम सल्लेरी लगायतका आसपासका क्षेत्रमा विद्युत अनियमितताका कारणले उपभोक्ताले समस्या खेप्नु परेको समस्या समाधानका लागि सोलुदुधकुण्ड नगरपालिकाले चासो देखाएको छ ।
नगरवासीले भोगिरहेको विद्युतको समस्याबारे सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी च्याल्सा विद्युत कम्पनि र राष्ट्रिय प्रसारण लाईन सोलुखुम्बु वितरण केन्द्र सँग छलफल गरेको हो । सदरमुकाम सल्लेरी, फाप्लु, गार्मा, खोरिया लगायतका विद्युत वितरण क्षेत्रमा देखिएको विद्युतको समस्या समाधानका विषयमा छलफल गरिएको छ । मेयर नाम्गेल जाङ्बु शेर्पाले यो समस्या समाधानका लागि दु्रत गतिमा काम गर्न नेपाल विद्युत प्राधिकरण र सल्लेरी च्याल्सा विद्युत कम्पनिलाई निर्देशन दिए । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ र १० का बाँकी भुभागमा पनि चाडै विद्युतिकरण गर्न उनले आग्रह गरे ।

Advertisement

छलफलमा सल्लेरी च्याल्सा र नेपाल विद्युत प्राधिकरणको विद्युतमहसुल एउटै हुनुपर्ने, बिलीङ अनलाइन सिस्टमबाट पनि तिर्न सकिने व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ । सल्लेरी च्याल्सा विद्युत कम्पनिका महाप्रबन्धक भोजराज तिवारीले निर्णय कार्यान्वयन गरिने बताए ।
सदरमुकाम आसपासमा के कारणले विद्युत अबरुद्ध भईरहेको छ ? भन्ने विषयमा नेपाल विद्युतप्राधिकरणका प्राविधिक तथा सुपरभाईजर जिवछ शर्माले बर्खाको समय भएकाले विद्युट फल्ट हुने लगायतका समस्याले नागरिकलाई मार पर्न गएको बताए ।
सल्लेरीमा लोडसेडिङ हटाउने उद्देश्य सहित एक वर्ष अघि नेपाल विद्युत प्राधिकरण र सल्लेरी च्याल्सा विद्युत कम्पनिबिच विद्युत सिन्क्रोनाईज भएको थियो । तर पनि विद्युत आउनेजाने समस्या अझै समाधान हुन नसकेका बेला नगरपालिकाले चासो देखाएको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै