सोलुखुम्बु स्थानीय बोलीचालीमा ठेकी फल भनेर चिनिने किवी फल विस्तार भएको हिमाली जिल्ला हो । किवी फलको खेती विस्तारमा बागबानी केन्द्र फाप्लुले मुख्य भूमिका निर्वाह गरेको छ ।
सोही फार्ममा रोपिएका करिब ५ सय किवीका विरुवामध्ये अधिकांशले फल दिन थालेको छ । अहिले फल लाग्ने भएकाले बोटमा लटरम्म फल लागेको देख्न सकिन्छ । केन्द्रका अनुसार एउटा बोटले १६० किलोसम्म फल उत्पादन दिएको विगत रहेको छ ।
![लटरम्म किवी फल 1 k3](https://www.satyapress.com/wp-content/uploads/2022/07/k3-1024x576.jpg)
![लटरम्म किवी फल 2 k5](https://www.satyapress.com/wp-content/uploads/2022/07/k5-1024x576.jpg)
![लटरम्म किवी फल 3 k1](https://www.satyapress.com/wp-content/uploads/2022/07/k1-1024x576.jpg)
![लटरम्म किवी फल 4 k4](https://www.satyapress.com/wp-content/uploads/2022/07/k4-1024x576.jpg)