spot_img

सडक भासिएको स्थानबाट कार खसेको देखियो, गोताखोर परिचालित

spot_img

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ ।

Advertisement

सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई त्यहाँ परिचालन गरिएको छ ।

Advertisement

प्रहरीका अनुसार उक्त कार आबुखैरेनीबाट मुग्लिङ तर्फ जाँदै गरेको भनिए पनि कारमा कतिजना थिए र कोको थिए भन्ने खुलेको छैन । तनहुँ प्रहरी प्रमुख रेग्मीले त्यसबारे बुझिरहेको बताए ।

Advertisement

सडक भासिएका कारण आज बिहान करिब ५ बजेदेखि नै पोखरा–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध भएको छ । अवरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्था नरहेकाले सवारी साधनहरु जताबाट आएका छन्, उतैतिर फर्काइएको छ । साथै सवारी साधनलाई पोखरा र मुग्लिनमै सवारी साधनलाई रोकिएको छ । तनहुँ प्रहरी प्रमुख रेग्मीले बाटो खुलाउन पहल गरिरहेको पनि बताए ।

तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार त्यहाँ बेलिब्रिज नबनाएसम्म सवारी साधन चल्ने सम्भावना देखिएको छैन ।

यसैबीच डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत तनँहुकै भानु नगरपालिका ३ कुरकुना र वडा नम्बर १ को रमाइलोडाँडामा पनि राति पहिरोसँगै रुख ढलेका कारण सडक अवरुद्ध भएको छ । मध्यरातिबाट अवरुद्ध सडक जेसीबीको सहयोगमा खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रा कष्टकर बनेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै