सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा सामुदायिक कुकुरको आतङ्कबाट रेबिज संक्रमण फैलिन सक्ने भन्दै रेबिज विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
वडा नम्बर २ सल्यानमा सामुदायिक कुकुरको टोकाईबाट पशुचौपायको मृत्यु भएको र स्थानिय त्रसित भएको अवस्थामा पालिकाले रेविज विरुद्धको खोप लगाउन सुरु गरेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा मंगलबारबाट खोप लगाउन सुरु गरिएको गाउँपालिका उपाध्यक्ष बिना राईले जानकारी दिईन् ।
रेबिज विरुद्धको खोप अभाव भएपछि पालिकाको पहलमा खोप खरिद गरि ल्याईएको उनले बताईन् ।