spot_img

महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुको अध्यक्षमा बिना

spot_img

सोलुखुम्बु – बिना कुमारी विश्वकर्मा महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल सोलुखुम्बुको अध्यक्ष बनेकी छिन् । सञ्जालको छैटौँ अधिवेशनले बिनाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला सञ्जाल सर्वसम्मत चयन गरेको हो ।

Advertisement

सञ्जालको उपाध्यक्षमा सुनिता कायस्थ, सचिवमा ईश्वरी खड्का बस्नेत, कोषाध्यक्षमा गिता कार्की बस्नेत र सहसचिवमा सारदा माया तामाङलाई चयन गरिएको सञ्जालकी केन्द्रिय सदस्य टंकी माया बस्नेतले बताईन ।

Advertisement

सञ्जालले हरेक ३/३ बर्षमा अधिवेशन गर्दै आएको छ । यसैबीच, सञ्जालका ४ जना जिल्ला सदस्य तथा साधरण सदस्यहरु सम्मानित छन् । स्थानीय तहको निर्वाचनमा विजयी हुन सफल आफ्ना ४ जना सदस्यहरु सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धी माया तामाङ, थुलुङ दुधकोशी गाउँपालिका उपाध्यक्ष सविता राई, नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राई र महाकुलुङ गाउँपालिका ४ की वडाध्यक्ष सरस्वती कुलुङ सम्मानित भएका हुन ।

Advertisement


अधिवेशनले दुई कार्यकाल सफलतापुर्वक जिम्मेवारी बहन गरेको भन्दै निर्वातमान कोषाध्यक्ष यशोदा बास्तोलालाई प्रशसापत्रले सम्मान गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै