spot_img

शैक्षिक सत्रको शुरुवातमै रीड नेपालको सक्रियता, विद्यालय सुधार योजना निर्माणमा जोड

spot_img

रीड नेपालले विहिबार सोलुखुम्बुको तीन विद्यालयमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरेको छ । जिवन ज्योति मा.वि. नेले, हिमालदर्शन मा.वि. नेचा र सेर्कासिङ आ.वि. सेर्कासिङमा विद्यालय सुधार योजना निर्माण सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

Advertisement

जिल्लाको शैक्षिक सुधार तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा दशकभन्दा बढि समयदेखि काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले यसअघि सोलुदुधकुण्ड नगरपालिकाको जनजागृति आधारभूत विद्यालय सल्लेरी, महाकुलुङको जनसुधार आधारभुत विद्यालय र नेचासल्यानको तिनकन्या आधारभुत विद्यालयमा अन्तरक्रिया गरिसकेको रिड नेपालका शिक्षा विकास अधिकृत केशवदेव गिरीले जानकारी दिए ।

Advertisement
286071333 731734734633499 2293377525699502405 n

विद्यालयले वार्षिक रुपमा निर्माण गर्नुपर्ने विद्यालय सुधार योजनामा लैंगिक समानतातथा सामाजिक समावेशीकरणको विषयलाई पनि समेटेर निर्माण गर्नुपर्ने कुरालाई जोड दिएको संयोजक गिरीको भनाई छ । सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका र लिखुपिके गाउँपालिकाका एक सय विद्यालयमा यो कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको रीड नेपालले जनाएको छ ।

Advertisement

त्यस्तै, रीड नेपालले माप्यदुधकोशी गाउँपालिकाको जुभिङ मा.वि.मा बाल अधिकार सम्बमन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बाल क्लवको बार्षिक कार्ययोजना निर्माण, क्लव कसरी परिचालन गर्ने भन्ने विषयमा जानकारी प्रदान गर्ने उदेश्यले बुधबार र विहिबार अभिमूखिकरण दिइएको हो । सोही कार्यक्रम सोताङको हुलु मा.वि.मा विहिबार र शुक्रबार चल्दैछ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै