spot_img

वैशाखभरि भर्ना अभियान सञ्चालन गरिने

spot_img

काठमाडौं । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ ।

Advertisement

केन्द्रका महानिर्देशक चूडामणि पौडेलले नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई समेत विद्यालय ल्याउने व्यवस्था गर्न वैशाख महिनाभरि भर्ना अभियान शुरू गर्न लागिएको जानकारी दिनुभयो । कोभिड–१९ का कारण लगातार दुई वर्षसम्म शैक्षिकसत्र धकेलिएको थियो । सरकारले विसं २०७९ को वैशाख २ गतेबाट भर्ना शुरू गरी वैशाखभर भर्ना गर्ने र जेठमा कक्षा सञ्चालन गर्ने व्यवस्था गरेको हो ।

Advertisement

सरकारले हरेक वर्ष वैशाख १ गतेबाट भर्ना अभियान सञ्चालन गर्ने गरेको थियो । महानिर्देशक पौडेलले भर्नासँगै विद्यार्थीको हातहातमा निःशुल्क पाठ्यपुस्तक पुर्याउने समेतको व्यवस्था गरेको जानकारी दिँदै भन्नुभयो– ‘जेठबाट नियमित कक्षा सञ्चालन भए पनि वैशाखमा पाठ्यपुस्तक पुर्याउने गरी निर्णय गरेका हौं ।’

Advertisement

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै