spot_img

मुक्लीमा लक्ष्मी बैँकको एटीएम सेवा शुरु

spot_img

सोलुखुम्बु । २०७५ सालमा शाखा स्थापना गरेको लक्ष्मी बैँकले थुलुङ दुधकोशी गाउँपालिका ५ मुक्ली (पालिका केन्द्र)मा एटीएम सेवा शुरु गरेको छ । प्रशासनिक भवनमा राखिएको एटीएमको पालिका अध्यक्ष असिम राईले उद्घाटन गरे ।

Advertisement

पालिका अध्यक्ष असिम राईले पहाडी जिल्लामा नै पहिलोपटक एटीएम सेवा शुरु सफल भएको दावी गरे । नागरिकको सेवालाई सहज र सरल बनाउनुपर्ने दायित्व ठानेर पालिका अघि बढेको अध्यक्ष राईले जिकिर गरे ।

Advertisement

गाउँपालिका केन्द्रमा सञ्चालित लक्ष्मी बैंकले सेवाग्रहीको सहजता र गाउँपालिकाको माग अनुसार सेवा प्रवाह गरेको जनाएको छ । पालिकाको माग अनुसार अहिले पाँच स्थानबाट सेवा प्रवाह गरिरहेको लक्ष्मी बैंक मुक्ली शाखाका म्यानेजर प्रेम बस्नेतले बताए । उनले भने, ‘व्यवस्थीत र प्रभावकारी सेवा प्रवाहमा लागि परेको छौं’ ।

Advertisement

यससँगै अब बैंकमा लाइन बस्नुपर्ने र झण्झटीलो प्रक्रियाबाट रकम निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै