spot_img

माप्य दुधकोशीमा बुद्धिकिरणकै माग, दोहोरिने संभावना प्रबल

spot_img

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका अध्यक्षमा पुनः बुद्धिकिरण राई नै दोहोरिने सम्भावना बढेको छ । नेकपा एमालेबाट यसअघि गाउँपालिका अध्यक्ष बनेका बुद्धिकिरण राईलाई एमाले गाउँ कमिटिका ९५ प्रतिशत पदाधिकारीहरुले पुन अध्यक्ष बनाउनु पर्ने लबिङ गरेका छन् ।

Advertisement

एमालेको माप्यदुधकोशी गाउँपालिका कमिटि सचिवालयमा रहेका १९ जना मध्य १७ जना सचिवालय सदस्यहरुले पुन बुद्धिकिरण राईलाई नै अध्यक्ष बनाउने भित्री सहमति गरेका छन् । स्रोतका अनुसार बाँकी दुई मध्य एक जना तटस्थ छन् भने एक जना सचिवालय सदस्यले अध्यक्षको दावी गरिरहेका आशकुमार राईलाई समर्थन गरेका छन् ।

Advertisement

माप्यदुधकोशी गाउँपालिकाको ७ वटा वडा कमिटिमध्य ६ वटा वडा कमिटिका अध्यक्ष तथा सचिवहरुले समेत बुद्धिकिरण राईलाई नै पुनः अध्यक्षमा दोहोर्याउन पहल गरेका छन् । पार्टी वडा कमिटिका एक जना अध्यक्षले भने, ‘अध्यक्षमा बुद्धिकिरण जी आफैँ दोहोरिने मनस्थितिमा त थिएनन्, उनी बाहेक अर्का व्यक्तिले अध्यक्षको उम्मेदवारी दिँदा जीतका लागि कमजोर देखिने भएकाले हामीले दोहोरिनका लागि सुझाव दिएका छौँ । ५ वर्षको अवधीमा बुद्धिकिरणजीले गरेको विकास निर्माणको कामलाई समीक्षा गर्दा पनि दोहोरिनु पर्छ भन्ने ठान्यौँ ।’

Advertisement
243219067 258688012927186 5919580311109931868 n

गाउँ कमिटि, वडा कमिटि र सचिवालय कमिटिमा पनि बुद्धिकिरण राईकै पक्षमा अत्याधिक समर्थन देखिएकाले बहालवाला अध्यक्ष राईले नै पुनः गाउँपालिका अध्यक्षका लागि टिकट पाउने निश्चित बनेको हो । अहिले गाउँपालिका अध्यक्ष बन्नका लागि एमालेबाट हालका उपप्रमुख जुनीतामाया मगर, नारायाणकाजी कार्की, आशबहादुर राई लगायतले लबिङ गरिरहेको बुझिएको छ ।

आफू दोहोरिनका लागि माहोल बन्दै गएपछि बुद्धिकिरण राई पनि तयारीमा जुटेको उनी निकट नेताहरुको बुझाई छ । एमालेबाट बुद्धिकिरण राईले नै टिकट पाए विजयी हुने सम्भावना पनि अधिक देखिएको छ । पार्टीको गाउँ सचिवालयले उम्मेदवारको नाम जिल्ला कमिटिमा सिफारिस गर्नेछ । अन्ततः बुद्धिकिरण राईको नाम नै गाउँपालिका अध्यक्षका लागि सर्वसम्मत हुने दे खिएको छ ।स्थानीयका अनुसार यस अघि पनि बलियो रहेको नेकपा एमाले माप्यदुधकोशीमा यसपटक थप बलियो बनेको छ ।

माप्यमा गाउँपालिका अध्यक्षका लागि सत्तागठवन्धनको तर्फबाट पनि उमेदवार टुंगिएको छैन । गठवन्धनको विवादका कारण उमेदवार टुंगिन कठिन भएको हो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै