spot_img

नेचासल्यानबासीले रोजे धनजन र विनालाई, विना भन्छिन्,“विकासमा विभेद गर्दैनौ”

spot_img

सोलुखुम्बु – नेचासल्यान गाउँपालिकाको अध्यक्षमा धनजन राई र उपाध्यक्षमा विना राई निर्वाचित भएका छन् । उनिहरु दुबैजना काँग्रेसका उम्मेदवार हुन् ।
५ वर्ष पालिकाका हाकेका निवर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार डुफ कुमार बास्तोला र सिर्जना राईलाई फराकिलो मतान्तरले पछि पार्दै कांग्रेसका धनजन र विना लिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित बनेका हुन् ।

Advertisement

कांग्रेसका राईले २५६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका बास्तोलाले २३१३ मत प्राप्त गरे । राई र बास्तोलाबीचमा २५६ मतान्तर रहेको छ । उपाध्यक्षमा विना राईले ११२५ मतान्तरले विजय हासिल गरिन् । एमालेकी सृजना राईले १७८१ मत प्राप्त गर्दा निर्वाचित राईले २९०६ मत पाएकी थिइन् ।

Advertisement

पालिका अध्यक्ष राई नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति हुन् भने उपाध्यक्ष राई पुर्व पत्रकार हुन् । माओवादी केन्द्रबाट पालिका अध्यक्षका उम्मेदवार भुपेन्द्र कटेलले १११९ मत ल्याउँदा नेकपा एकिकृत समाजवादीबाट उपाध्यक्षका उम्मेदवार डिल्ली राईले ८२७ मत प्राप्त गरे ।

Advertisement

५ वडा रहेको नेचासल्यानमा १, २ र ४ कांग्रेस, ३ माओवादी केन्द्र र ५ मा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

निर्वाचित भएपछि पालिका उपाध्यक्ष विना राईले विकासमा विभेद नगर्ने बताईन् । पालिका बासीलाई मत दिएर जिताउन सहयोग गरेकोमा धन्यवाद दिँदै पारदर्शिता र शुशासनमा जोड दिईन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै