spot_img

निर्वाचनमा यसरी बन्यो काँग्रेस पहिलो पार्टी

spot_img

सोलुखुम्बु – २०७४ को स्थानीय तहको निर्वाचन र भर्खर सम्पन्न निर्वाचनको परिणामलाई तुलना गर्दा नतिजा फेरबदल आएको छ । सोलुदुधकुण्ड नगरपालिकाको मेयर र अन्य तीन पालिकामा उपाध्यक्षमा चित्त बुझाएको नेपाली कांग्रेसले जित संख्या बढाएर ५ पालिका पु¥याएको छ ।

Advertisement

अहिले सोलुदुधकुण्डको मेयर उपमेयरसहित नेचासल्यान, लिखुपिके, सोताङ र महाकुलुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जित हात पारेको छ । २०७४ सालमा थुलुङ दुधकोशी र महाकुलुङ गाउँपालिकामा अध्यक्ष र लिखुपिकेमा अध्यक्ष उपाध्यक्ष जितेको नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा अध्यक्ष र उपाध्यक्ष अर्को एक स्थानीय तहमा उपाध्यक्ष जितेको छ । माओवादीले थुलुङ दुधकोशीमा अध्यक्ष, उपाध्यक्ष र माप्य दुधकोशीमा उपाध्यक्ष जितेको छ ।

Advertisement

२०७४ मा तीन पालिकामा अध्यक्ष, उपाध्यक्ष र एक पालिकामा अध्यक्ष जितेको नेकपा एमाले पनि दुई पालिकामा खुम्चिएको छ । अहिले माप्य दुधकोशीमा अध्यक्ष जितेको एमालेले खुम्बु पासाङ ल्हामू गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ । वडा जितको परिणाम हेर्दा नेपाली कांग्रेस अग्रभागमा देखिएको छ भने एमाले दोस्रोमा छ ।

Advertisement

५२ वडामध्ये कांग्रेसले २४ वडामा कांग्रेसले जित निकालेको छ । नेकपा एमालेले १८ वडामा जित निकाल्दा माओवादी केन्द्र ९ वडामा सिमित बनेको छ । लिखुपिके ३ मा एक स्वतन्त्र उम्मेदवार विजयी बनेको छ । मतगणनाको अन्तिम नतिजा आउदा ५ स्थानीय तह र २४ वडा जितेर कांग्रेस पहिलो पार्टी बनेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै