spot_img

देउवा टिमका खम्बा आङगेलु शेर्पाको सोलुखुम्बुमा चर्चा

spot_img

सोलुुखुम्बु । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा हिमाली जिल्ला सोलुखुम्बुमा चुनावी चर्चा र सरगर्मी शुरु भएको छ । मंसिर ४ मा सरकारले मिति घोषणा गरेसँगै गठबन्धनबाट उम्मेदवार बन्नका लागि होडबाजी शुरु भएको हो । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा टिकटका लागि काँग्रेस र माओबादी पार्टीका नेताहरु आ–आफ्नो कसरतमा लागेका हुन् ।

Advertisement

अहिले टिकटको दौडमा काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी, काँग्रेस केन्द्रीय सदस्य आङगेलु शेर्पा र वर्तमान संघिय सांसद तथा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमकुमार राई शुरवीर रहेका छन् ।

Advertisement

गठबन्धनमा सीट बाँडफाँडको प्रमुख तीन आधारहरु २०७४ को निर्वाचन जितेको, २०७४ को समानुपातिक मत परिणाम र २०७९ को स्थानीय तहको निर्वाचन परिणाम मध्ये एउटा आधारमा मात्रै माओबादी केन्द्र बलियो छ । बाँकी दुई आधारलाई हेर्ने हो भने २०७४ को चुनावमा समानुपातिकतर्फ काँग्रेसको मत माओबादीको भन्दा झण्डै दोब्बर रहेको छ भने २०७९ को स्थानीय तहको निर्वाचनमा आठ तह मध्ये तालमेल नगरी नै काँग्रेसले पाँच वटा पालिका जितेको छ भने एमालेले दुई वटा जित्दा माओबादी एउटा मात्रै पालिकामा सिमित भएको छ ।

Advertisement

पछिल्लो मत परिणाम हेर्दा माओबादीलाई प्रतिनिधि सभा दाबी गर्ने नैतिक आधार अत्यन्तै कम देखिन्छ । अघिल्लो पटक माओबादीले एमालेसँग तालमेल गरेर प्रतिनिधिसभा निर्वाचन जितेको थियो । यो पटक भने सबैभन्दा धेरै भोट रहेको काँग्रेसले सबै मत गठबन्धनमा झार्न मुस्किल हुने भएकाले माओबादी उम्मेदवारलाई जिताउन नसकिने विश्लेषण काँग्रेस वृतमा छ ।

यता काँग्रेसभित्र भने पुस्तान्तरणको नाराले डेरा जमाइरहेको छ । काँग्रेसमा बलबहादुर केसीले छ पटकसम्म लागातार एउटै ब्यक्ति चुनाव लडेर चार पुस्तासम्मले भोट हाल्नुपर्ने विडम्बना अन्त्यको गतिलो बिकल्प बनेका छन् काँँग्रेस केन्द्रिय सदस्य आङगेलु शेर्पा । पार्टी सभापति शेरबहादुर देउवाको टिमलाई सोलुखुम्बुमा स्थापित गराएका काँग्रेस नेता शेर्पाले काँग्रेस जिल्ला समिति पनि संस्थापन पक्षको बनाउन सफल भएका छन् भने स्थानीय तह निर्वाचनमा पनि आठ वटै पालिकामा सक्षम र योग्य युवा नेतृत्वलाई टिकट दिलाएर पाँच वटा पालिकामा जिताएका कारण भने यो पटक संघीय सांसदको टिकट पाउने बलियो आधार आङगेलु शेर्पासँग रहेको छ ।

जिल्ला समिति आफु पक्षीय हुनु, आफु निकटकाले पाँच वटै पालिका जित्नु, काँग्रेस प्रदेश समिति पनि संस्थापन पक्षकै हुनु अनि केन्द्रमा टिकट वितरण गर्ने संसदीय समितिमा सभापति देउवाको ८० प्रतिशत बर्चश्व हुनुले पनि आङगेलु शेर्पाको टिकट निश्चित रेहेको दाबी गरिएको छ । यता जिल्लामा पनि यो पटक आङगेलु शेर्पाले नै टिकट पाउनुपर्ने माग हुन थालेको छ ।

तीन पटकसम्म सोलुखुम्बुको पार्टी सभापति भई १४ औँ महाधिबेशनमा लोकप्रिय मतका साथ केन्द्रिय सदस्य जितेका शेर्पा जिल्लामा अन्य आकांक्षीको तुलनामा अत्यन्तै लोकप्रिय रहेका छन् । ‘काँग्रेसमा आङगेलु बाहेक अरुलाई चुनाव जित्न गाह्रो छ, अहिले युवा पुस्ताका अधिक मतदाताले पुस्तान्तरणको एजेण्डा स्थापित गराउन खोजेका छन्, त्यस्को एक मात्र विकल्प आङगेलु शेर्पा हुन्’ काँग्रेस सोलुखुम्बुका युवा नेता निराजन शर्माले भने । काँग्रेस मात्रै नभएर अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि यो पटक भने आङगेलु शेर्पालाई भोट हाल्ने ईच्छा जाहेर गरेका छन् । ‘आङगेलु शेर्पा निष्ठाको राजनीति गर्ने नेता हो, जीवन नै जिल्लाको विकास र समाज सेवामा समर्पण गरेर विवाह समेत नगरी राजनीतिमा होमिएको ब्यक्तिलाई चुनाव जिताउने हाम्रो ईच्छा छ’ एमालेका एक पुराना नेताले भने ।

यस कारण बलियो छन् जिल्लामा आङगेलु
१, बलबहादुर केसीले अघिल्लै चुनावमा राजनीतिक सन्यास लिनु : अघिल्लो निर्वाचनमा काँग्रेस केन्द्रिय सदस्य बलहादुरकेसीले आफू अन्तिम पटक चुनाव लडेको भन्दै पार्टी पङ्ति र मतदाता माझ गएका थिए । उनले हरेक सार्वजनिक कार्यक्रममा आफ्नो स्वास्थ्य प्रतिकुल रहेको र उमेरले समेत डाँडा काटेकोले युवा पुस्तालाई मार्ग प्रशस्त गर्ने उद्घोष गरेका थिए ।
२, स्थानीय चुनावमा आङगेलुको मात्रै सक्रियता, बलबहादुर घर छोडेर बाहिर ननिस्कनु : २०७९ को स्थानीय तहको निर्वाचनमा जिल्लाभरीको स्थानीय तह निर्वाचनको अभियानमा नेतृत्वको हिसावले आङगेलु शेर्पा मात्रै चुनावी मैदानमा उम्मेदवार जिताउन होमिए । बलबहादुर केसीले भने आठ वटै पालिकामा आफ्नो टिकट वितरणमा हात नभएको भन्दै विज्ञप्ति नै निकालेर टिकट वितरणमा असहमति जनाउँदै कुनै पनि पालिकामा भोट माग्न निस्किएनन् । उनलाई हरेक पालिकाका उम्मेदवारले आमसभामा बोलाए पनि कहीं नगएर आफ्नो पालिका नेचासल्यानमा जम्मा १ दिनको कार्यक्रममा भाग लिएपछि चुनावभरी घरमै बसेका थिए ।

अर्कोतर्फ केसी नजिकका अधिकांश नेता कार्यकर्ता तथा उनका परिवारका सदस्यहरुलाई चुनावमा गम्भिर असहयोग गरेको भन्दै पार्टीका स्थानीय समितिहरुले कार्वाहीको सिफारिस गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका काँग्रेसका पुराना नेता तथा केसीका फुपुका छोरा केदारभक्त कार्कीले एमालेलाई भोट खसाउने अभियान चालेको भन्दै वडा समितिले कार्बाहीको नै सिफारिस गरेको छ । त्यस्तै, उनका परिवारका अन्य सदस्यले पनि काँग्रेसका आधिकारिक उम्मेदवार हराउन भूमिका खेलेको काँग्रेसबाट उम्मेदवार बनेकाहरुले नै भन्ने गरेका छन् ।
३, जिल्ला समितिदेखि जिल्ला समन्वय समिति समेत संस्थापन पक्षीय बन्नु : लामो समयदेखि केसीको गुटगत दबदबामा रहेको सोलु काँग्रेसलाई यो पटक आङगेलुले पुस्तान्तरणको नारा दिएर उनको पन्जाबाट खुस्काएका छन् । १४ औँ जिल्ला अधिबेशनमा अधिकांश युवा उम्मेदवार बनाएर उनले युवा नेता नाम्गेलजाङ्बु शेर्पालाई भारी मतका साथ जिल्ला सभापति निर्वाचित गराउन सफल भएका छन् ।

जिल्ला समिति संस्थापन पक्षको बनेसँगै जिल्लामा स्थानीय तह निर्वाचनमा टिकट किनवेचको प्रथा अन्त्य भई सक्षम र इमान्दार ब्यक्तिले टिकट पाउँदा ५ वटा पालिका काँग्रेसले जितेको छ भने जिल्ला समन्वय समिति पनि काँग्रेसले एकलौटी बनाएको छ । जिल्ला समन्वय समितिमा पनि काँग्रेस नेता केसी नराम्रो सँग चुकेका छन् । उनले जिल्ला समन्वय प्रमुखमा प्रेमकुमार राईलाई टिकट दिलाउनका लागि छुट्टै सिफारिस प्रदेश र केन्द्रमा पठाए पनि अन्तत : संस्थापन समुहले अगाडी सारेको कृष्ण प्रसाद निरौलाले समन्वय समिति प्रमुखको टिकट पाएर निर्वाचित भएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै