spot_img

एसियन कप छनोट : नेपाल भर्सेस कुवेत

spot_img

काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले शनिबार कुवेतसँग दोस्रो खेल खेल्दैछ । कुवेतको कुवेत सिटीस्थित जाबेर अह अहमद इन्टरनेशनल स्टेडियममा नेपाल र कुवेत खेल्दा सबैको नजर खेलमा हुनेछ नै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीतर्फ पनि नजर हुनेछ ।

Advertisement

किनभने कुवेती नागरिक अल्मुताइरी नै हाल नेपाली फुटबल टिमका प्रशिक्षकका रुपमा छन् । हुन त उनी नेपालको टिमको प्रशिक्षक बनेर दोस्रो पटक आफ्नो जन्म देश कुवेत पुगेका छन् । तर उनले नेपालकोतर्फ पहिलो पटक आफ्नै देश कुवेतको विपक्षमा रहेर प्रशिक्षक सम्हाल्नेछन् ।

Advertisement

यसअघि अल्मुताइरीले बारम्बर भन्दै आएका छन् कि नेपाल र कुवेत खेल्दा आफ्नो समर्थन नेपाललाई नै हुन्छ ।

Advertisement

शुक्रबार अल्मुताइरीले कुवेती भाषामा दिएको एउटा अन्तर्वार्ताको अंश सामाजिक सञ्जाल फेसबुकमा सेयर गर्दै आफूले कुवेतलाई माया गर्ने तर भोलिको खेलमा नेपालको जितका लागि प्रतिस्पर्धा गर्ने अंग्रेजीमा लेखेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै