सामुदायिक विद्यालयकी रुबिनाले ल्याइन् एसइइमा ४.० जीपीए

spot_img

काठमाडौँ, २९ वैशाख । सामुदायिक (सरकारी) विद्यालयमा अध्ययन गरेर राम्रो नतिजा ल्याउन सकिन्न भन्ने आम बुझाइलाई धादिङकी रुबिना श्रेष्ठले गलत सावित गरिदिएकी छिन् । धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट २०८२ सालको एसइइ परीक्षामा सामेल भएकी रुबिनाले ४.० जीपीए प्राप्त गर्दै सामुदायिक विद्यालयको शिर उच्च बनाएकी हुन् ।
संघर्ष र दृढ विश्वासको प्रतिफल
धादिङको विकट गाउँको श्री नलाङ्ग पात्ले माविबाट कक्षा ५ सम्म नेपाली माध्यममा पढेकी रुबिनालाई काठमाडौँको अङ्ग्रेजी माध्यमको विद्यालयमा भर्ना हुन सुरुमा सहज थिएन । तर, अङ्ग्रेजी भाषाभन्दा विद्यार्थीको ’क्षमता’ हेरेर भर्ना लिने ज्ञानोदय माविको निर्णयलाई उनले आफ्नो मेहनतले सही साबित गरिन्।

Advertisement

उक्त विद्यालयबाट यस वर्ष ४.० न्एब् ल्याउने २१ जना प्रतिभावान विद्यार्थीमध्ये उनी एक हुन् । इन्जिनियर बुबा विष्णुलाल श्रेष्ठ र आमा रत्न कुमारी श्रेष्ठकी सुपुत्री रुबिनाको यो सफलतामा पारिवारिक वातावरणको ठुलो हात छ। सन् २०१७ मा सिभिल इन्जिनियरिङमा उत्कृष्ट नतिजासहित अवार्ड पाएका बुबाको मार्गदर्शनमा उनले मोबाइल, टिभी र सामाजिक सञ्जाललाई नियन्त्रित गर्दै केवल अध्ययनमा ध्यान केन्द्रित गरिन् ।

Advertisement

भविष्यको योजनाः स्वदेशमै सेवा गर्ने लक्ष्य
मृदुभाषी र अनुशासित स्वभावकी रुबिना भविष्यमा डाक्टर वा इन्जिनियर बनेर आफ्नै देशमा केही गर्न चाहन्छिन् । आफ्नो सफलताको मन्त्र सुनाउँदै उनी भन्छिन् ।

Advertisement

“ठुलो उद्देश्य भन्दा पनि सरल रूपले नियमित अध्ययन गर्ने, बुझेर पढ्ने र साथीहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्ने बानीले नै मलाई यहाँसम्म पु¥याएको हो ।” रुबिनाको यो नतिजाले गुणस्तरीय शिक्षाका लागि महँगो निजी विद्यालय नै रोज्नुपर्छ भन्ने भ्रमलाई चिर्दै देशभरका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूका लागि एउटा ठुलो उत्प्रेरणा जगाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै