spot_img

दसैँ–तिहार नजिकिएसँगै सोलुमा तामाको डालीको खपत बढ्यो

spot_img

असोज २५, सोलुखुम्बु । नेपालीहरुको महानचाड बडा दसैँ तथा चेली र माईतीविच सद्भावको चाड तिहार नजिकिएसँगै सोलुखुम्बुमा तामाका डालीको व्यापार दोब्बरले बढेको छ । दसैँमा टिका लगाईदिएपछि चेलीबेटीहरुलाई आफन्तजनहरुले तामाको डाली उपहार दिने चलन रहेको छ ।

Advertisement

यस्तै तिहारमा माईतीले चेलीलाई उपहार दिन तामाबाट बनेको डाली खरिद गर्नेको संख्या बढेको ब्यापारीहरुले बताएका छन् । तिहारमा भाईटिका पछि माईतीले चेलीलाई उपहार स्वरुप तामाको डाली दिने चलन बढेसँगै व्यापारमा वृद्धि भएको सल्लेरीका सुब्बे विश्वककर्माले बताए । सोहीअनुसार जिल्ला सदरमुकाम स्थित नयाँबजार, नेले बजार, पत्ताले बजार, नेचाविहिबारे लगायतका साप्ताहिक हाटहरुमा डाली खरिद गर्नेहरु बढेको व्यापारीहरु बताउँछन् ।

Advertisement

केहि दिनयता सल्लेरी बजार क्षेत्रका तामाका पसलहरुमा क्रेताको आर्कषण बढेको छ । तामाको डाली सोलुुमैनिर्माण हुने भएकाले पछिल्लो सयम यसको महत्व बढिरहेको सल्लेरीका व्यापारी हर्कजित घिमिरेले बताए ।

Advertisement

विगतमा डाली उपहार दिने चलन कम भएपनि पछिल्लो केहिवर्ष यता उपहारको रुपमा डाली दिने चलन बढ्दै गएको उनको भनाई छ । विश्वकर्मा समुदायहरूले हातले नै तयार गर्ने तामाको डाली अहिले कर्मचारीको समेत रोजाइ बन्न थाएको छ । जिल्लामा काम गर्ने कर्मचारी तिहारमा घर जाँदा कोशेली तथा उपहारको रुपमा लैजान डाली खरिद गरिरहेका छन् ।

सल्लेरीका ब्यापारी रमनबहादुर विश्वकर्माले भने, ‘हामी साप्ताहिक हाटहरू नयाँ बजार, नेले बजार, तिङ्ला रमिते, पत्तालेमा तामाको भाडाहरू बेच्न लैजान्छौ यी तामाका सामान विवाहको सिजनमा धेरै बिक्छ । यतिखेर चै यो तिहारले गर्दा अरु समान भन्दा डाली नै धेरै बिकिरहेको छ । हामीले यहाँ बनाएका डाली त काठमाडौंदेखि तराई र पश्चिमसम्म पुग्छ, कर्मचारीहरूले किनेर लान्छन ।’

यहाँ बनेका तामाको डाली पछिल्लो समय सोलुको चिनोको रुपमा परिचित छ । काठमाडौं लगायतका स्थानमा पनि मेसिनबाट बुट्टासहितका डाली निर्माण हुने गरेपनि धेरै रोजाइ हातबाटै बनेका डालीको रहेको सोलुका व्यापारीहरु बताउँछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै