spot_img

तल्लो सोलुको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ !

spot_img

असार १४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको महाकुलुङ गाउँपालिका क्षेत्रको आकाशमा पहिलो पटक प्याराग्लाइडिङ उडान परिक्षण गरिएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा बुधबार पेल्माङको चोङ्खामा सफल परिक्षण उडान भरिएको वडाध्यक्ष प्रदिप कुलुङले बताए ।

Advertisement

बाबु एडभेन्चर्स इन्टरनेसल प्रा.लि.का प्याराग्लाडिङ प्रशिक्षक सानो बाबु सुनुवार र पाइलट मोहन कुमार सुनुवारले वडाध्यक्ष प्रदिप कुलुङलाई प्याराग्लाइडिङमा उडाई सम्भाव्यता अध्ययन गरिएको स्थानीय झलक राईले जानकारी दिए ।

Advertisement

तल्लो सोलुखुम्बुमा पहिलो पटक उडाइएको प्याराग्लाइडिङ हेर्न सयौँको संख्यामा स्थानीय उपस्थित भएका थिए । प्याराग्लाइडिङ उडान मार्फत थप पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब स्थानीय तहको निति तथा कार्यक्रममा नै यसतर्फ बजेट विनियोजन गर्नुपर्ने देखिएको वडाध्यक्ष कुलुङले प्रतिकृया दिए ।

Advertisement

उनले भने, ‘आँहा कति रमाईलो ! मत चरा नै बनेछु, बिदेशीलाई हाम्रो नदेखिएका चुचुरो अनि फाटहरु देखाउने पालो आयो अब ।’ नेपालमा प्याराग्लाइडिङ गर्न आउने बिदेशी पर्यटकको संख्या दिनुहु बढिरहेकाले जिल्लामा पनि यस्ता कार्यक्रमहरु अघि सार्न सके पर्यटन पर्वद्धनमा टेवा पुग्ने प्रशिक्षक सानो बाबू सुनुवारले बताए ।

‘सोलुखुम्बु जस्तो विश्वको शिर रहेको जिल्लाको आकाशमा प्याराग्लाइडिङको सफल उडान भर्न पाउदा खुसी छु, यहाँको हरेक दृष्य र हरेक भुगोल नै लोभ लाग्दा छन्, लाग्छ आकाशमा नै उडिरहु जस्तो ।’, उनले भने ।

स्थानीय झलक राईले भने, ‘प्यारालाइडिङ हुन्छ भन्ने सुनेको मात्रै थिए, तर पहिलो पटक आँखै अघि देख्न पाइयो, खुसी लागेको छ, फिलिम तिर उडेको देख्दा कस्तो चैँ हुन्छ भन्ने लाग्थ्यो, आज देख्न पाइयो ।’

साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटकहरु नेपाल आउने भएकाले यसको विकासमा जुट्नुपर्ने पाइलट मोहन कुमार सुनुवारले बताए ।

विशेष गरी पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन सकिने उनको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै