spot_img

सोलुमा सवारी कारबाहीबाट ३१ लाख बढी राजस्व संकलन

spot_img

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा नौ महिनामा सवारी कारबाहीबाट ३१ लाख बढी राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको असारदेखि चैत्र मसान्तसम्ममा साना ठुला गरी ३ हजार ६५० वटा सवारी कारबाहीबाट ३१ लाख ४६ हजार राजस्व संकलन भएको हो ।

Advertisement

कारबाहीमा पर्ने सवारीमा सबै भन्दा बढी मोटरसाईकल १४ सय २२ वटा रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त इन्चार्ज नारायण बस्नेतले जानकारी दिए । उनका अनुसार सो अवधिमा जिप÷कार १३ सय २४ वटा, ट्रक २४० वटा, ट्याक्टर १८७ वटा, टिप्पर १२८, बस २० वटा र अटो रिक्सा १२५ वटा सवारी नियम उल्लंघन गरे बापत कारबाहीमा परेका छन् ।

Advertisement

जसमा मोटरसाईकलबाट १२ लाख ४२ हजार, जिप÷कारबाट १२ लाख ७३ हजार ५ सय, ट्रकबाट २ लाख २२ सय ५ सय, ट्याक्टरबाट १ लाख ७६ हजार र अटो रिक्साबाट ८२ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

यस आर्थिक वर्षमा जिल्लामा ६ वटा सवारी दुर्घटना भएका छन । जसमा दुई ट्रक टेंकर, एक जिप, २ मोटरसाइकल र एउटा ट्याक्टर दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा ९ पुरुष र १ महिला घाइते भएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै