spot_img

सोलुमा बढ्दै भाईरल संक्रमण, सचेतक रहन विज्ञको सुझाव

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुसहितका क्षेत्रमा केहि समय रुघाखोकीका विरामीको संख्या बढ्दै गएको छ । देशमा बढ्दै गएको कोरोना संक्रमणदरसँगै जिल्लामा रुघाखोकीका विरामी बढ्नुले थप आशंका पैदा गरेको छ । पछिल्लो केहि समययता रुघाखोकीका विरामीको संख्यामा बृद्धि भएको छ ।

Advertisement

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा पछिल्लो एक महिनायता विरामीको संख्या दोब्बरले बृद्धि भएको अस्पतालहरुले जनाएको छ । अहिले अस्पताल पुग्ने विरामीहरु मध्ये ९० प्रतिशत भन्दा बढी श्वासप्रश्वास, निमोनिया तथा रुघाखोकीको समस्या लिए आउने गरेको दुधकोशी सामुदायिक अस्पताल मुक्लीका प्रमुख स्मीता विष्ट बताउछिन् ।

Advertisement

उनले भनिन, ‘हाम्रो अस्पतालमा आउने विरामी अधिकांश भाइरल संक्रमणका छन्, उनीहरु रुघाखोकी, निमोनिय जस्ता समस्या लिएर बढी मात्रामा आउने गरेका छन् ।’

Advertisement

जिल्ला अस्पताल फाप्लुदेखि ग्रामिण भेगका अस्पतालहरुमा समेत अहिले रुघाखोकी र स्वास प्रस्वासको विरामी अधिक रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय सोलुखुम्बुमा मात्रै नभई देशभर नै भाइरल प्रकृतिका विरामीको संख्या बढ्दै छ ।

यो समयमा कोरोना भाईरस संक्रमितको दर समेत बढ्दै गएकाले सचेत हुनुपर्ने जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनीको सुझाव छ । मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न विज्ञको सुझाव छ ।

घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन उनीले आग्रह गरेका छन् । अस्पतालमा पुग्ने विरामीहरु मध्ये बृद्धबृद्धा र बालबालिकाको संख्या अधिक छ । यि समस्यालाई सामान्य रुपमा लिन नहुँने जनस्वास्थ्य विज्ञ डा. मरासिनी बताउछन् ।

मौसम परिवर्तनको समयमा मौसमी रुघाखोकीको विरामी बढ्नु समान्य मानिएपनि मुलुकमा कोरोना संक्रमणदर पनि बढ्दै गएकाले थप सचेत हुनुपर्ने बेला आएको छ । रुघाखोकीलाई हेल्चेक्र्याई गरियो भने त्यसले ठुलो जटिलता समेत निम्त्याउन सक्ने विज्ञको सझाव छ ।

बेलाबेलामा साबुनपानीले सफासँग हात धुने, तातो पानी पिउने, बाफ लिने, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन विज्ञको सुझाव छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै