spot_img

रीडको आयोजनामा लिखुपिके गाउँपालिकामा ५ दिने तालिम सुरु

spot_img

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ५ दिने आधारभूत तह शिक्षक तालिम सुरु भएको छ । लिखुपिके गाउँपालिका र रिड नेपालको साझेदारीमा “गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्धता“ भन्ने नारा सहित तालिम सुरु भएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।
लिखुपिके गाउँपालिकाको २२ वटा विद्यालयहरु मध्ये ११ वटा विद्यालयको प्रति विद्यालय ३ जना शिक्षक गरी ३३ जना र सोही अनुसार रिड नेपालको कार्यक्रम लागुु भएका विद्यालयबाटबाट ३३ जना गरी ६६ जना शिक्षक सहभागी छन् । लिखुपिके गाउँपालिका र रिड नेपालबाट अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको क्षमता अभिबृद्धि गरी विद्यालयमा कुशल शिक्षकको नमुना बनी शिक्षण कार्य गर्न सकियोस् भन्ने उ्देश्य रहेको रीड नेपालका शिक्षा विकास संयोजक गिरीले बताए ।
तालिमको राजिप ढुङ्गाना, सरोज गौतम, सोनाम लामा, प्रेम बहादुर रोकाया, सुजाता राई र विष्णु प्रसाद उपाध्यायले सहजिकरण गरिरहेका छन् । रीडको सहकार्यमा नै प्रविधि सहितको तालिम अवका दिनमा पनि सञ्चालन गर्न सकिने लिखुुपिके गाउँपालिकाले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै