सोलुखुम्बुको नेचामा नाटक ‘लास बोल्छ’को पाँच शो प्रदर्शन गरिएको छ ।
सगरमाथा नाट्य समूह, चेतना विस्तार युवा परिवार र डायनामिक युथ क्लबको संयुक्त आयोजनामा प्रदर्शन गरिएको नाटक ‘लास बोल्छ’लाई देश बहादुर राई ‘देवकी’को लेखनमा दोमराज बास्तोलाले निर्देशन गरेका हुन् । युवराज शर्मा ‘यूराक’ र चक्र ‘सागर’राईको कला निर्देशन रहेको नाटकको व्यवस्थापक जगनाथ बास्तोला हुन् ।
![नेचामा नाटक ‘लास बोल्छ’ प्रदर्शन 1 310456514 2611355128995802 2032568388666105578 n](http://www.himalsamachar.com/wp-content/uploads/2022/10/310456514_2611355128995802_2032568388666105578_n.jpg)
चाडपर्वको शुभकामनासहित प्रदर्शन गरिएको नाटक चेतना विस्तार युवा परिवारको हलमा असोज १६, १७ र १८ मा ५ शो प्रदर्शनमा नेचासल्यानका तीन सय भन्दा बढि दर्शकले हेरेका छन् ।
नाटक हरेपछि दर्शकले उत्साहजनक प्रतिक्रिया दिएको चेतना विस्तार युवा परिवारका अध्यक्ष तथा नाटकका व्यवस्थापक जगनाथ बास्तोलाले जानकारी दिए । नाटकले मौलाउदो भष्ट्राचार, बढ्दो गरिबी र फेरिदो जीवनशैलीलाई सन्देशमूलक रुपमा प्रस्तुत गरेको छ ।
![नेचामा नाटक ‘लास बोल्छ’ प्रदर्शन 2 309527395 2611355912329057 2967499490793459238 n scaled](http://www.himalsamachar.com/wp-content/uploads/2022/10/309527395_2611355912329057_2967499490793459238_n-scaled.jpg)
नाटकमा युवराज शर्मा ‘यूराक’, चक्र ‘सागर’राई, सम्पदा राई, सुजन भट्टराई, श्याम भट्टराई, राम प्रसाद आचार्य, प्रकाश बास्तोला, अर्जुन दाहाल, सृजना बास्तोला, रोशनी राई, मुकुन्द बास्तोला, दिनेश बास्तोला लगायत १८ जना कलाकारले अभिनय गरेका छन् ।