spot_img

थुलुङ दुधकोशी, सोताङ र नेचासल्यानमा रीड नेपालको कामको समिक्षा र योजना पेश

spot_img

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले ग्रामिण विकास तथा वातावरणीय केन्द्र (रीड नेपाल)ले जिल्लाको शैक्षिक क्षेत्रमा टेक्निकल पार्टनरको भूमिका निर्वाह गरेको बताए ।

Advertisement

उनले शैक्षिक उपलब्धि बृद्धि विकासमा रीड नेपालले शिक्षक, विद्यार्थी र अभिभावकलाई दिएको शिक्षक विधि, सिकाई विधि र अभिभावक शिक्षाले गुणस्तर बृद्धिमा भूमिका खेलेकाले थुलुङ दुधकोशी गाउँपालिकाले रीड नेपालको अनुभव र विज्ञताको आधारमा शैक्षिक क्षेत्रको टेक्निकल पार्टनरको रुपमा लिएको बताए ।

Advertisement
301836734 491533446140766 1418331730887001815 n scaled

गत वर्षको कार्यक्रमको समीक्षा तथा आगामी कार्यक्रमबारे गोष्ठीमा अध्यक्ष राईले शिक्षाको सुधारका लागि शिक्षा शाखासँग सहकार्य गरेर अघि बढ्न आग्रह गरे । पालिका अध्यक्ष राईकै अध्यक्षतामा सम्पन्न गोष्ठीमा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले गत वर्षको कार्यक्रमको समिक्षा तथा चालू वर्षको कार्यक्रम पेश गरेका थिए ।

Advertisement

गोष्ठीमा गाउँपालिकाकी उपाध्यक्ष सविता राई, वडा अध्यक्षहरु घनराज सुनुवार, यूजन बस्नेत, इन्द्रमणी दाहाल, महेन्द्रदीप राई, चन्द्र बहादुर राई, प्रमुख प्रशासकीय अधिकृत उद्धव ढुंगाना, शिक्षा शाखा प्रमुख नविन्द्र राई, शिक्षा समितिका सदस्यहरु, रीड नेपालका शिक्षा प्रबन्धक मुक्ति घिमिरे, शिक्षा विकास अधिकृत खड्ग कुमार श्रेष्ठ र स्थानीय स्रोत शिक्षकहरुको उपस्थिति रहेको थियो ।

301915073 407531591482908 7940039486572126739 n

गोष्ठीले रीड नेपालको आगामी कार्यक्रममा रहेको शैक्षिक र भइपरि योजना निर्माण कार्यक्रमलाई पालिकाको साझेदारीमा संचालन गर्ने निर्णय गरेको छ । साथै, पालिकाको शैक्षिक कार्यक्रममा पनि सहकार्य गर्ने निर्णय समेत गरिएको छ । त्यस्तै, पालिकाको सहकार्यमा रीड नेपालले गठन गरेको स्थानीय स्रोत शिक्षक सञ्जालमा आबद्ध तीन शिक्षक धनरुपा राई, प्रेम बहादुर बस्नेत र रोल कुमार बस्नेतलाई पालिकाको शिक्षा अनुगमन समितिमा समावेश गरिएको छ ।

रीड नेपालले चालु आर्थिक बर्षमा विभिन्न शिक्षक तालिम, बालक्लबलाई तालिम तथा सहयोग अभिभावक अभिमुखीकरण, शैक्षिक सामग्री वितरण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धितालिम र शैक्षिक योजना निर्माण लगायतका कार्यक्रम संचालन गर्नेछ ।

302354660 5277224829041528 2586277352633218382 n

त्यस्तै, सोलुखुम्बुकै सोताङ्ग गाउँपालिकामा पनि रीड नेपालले आफ्नो कार्यक्रमको समिक्षासहित आगामी योजना प्रस्तुत गरेको छ । पालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न गोष्ठीमा बोल्दै उनले रीड नेपालले सारेको कार्यक्रम शैक्षिक सुधारको लागि उचित भएकाले कार्यान्वयनमा जोड दिन आग्रह गरे । गोष्ठीमा रीड नेपालका शिक्षा विकास अधिकृत जनकराज जोशीले आगामी कार्यक्रम प्रस्तुत गरेका थिए ।

301537971 414210647477127 615976543274190157 n

सोही प्रकृतिको गोष्ठी नेचासल्यान गाउँपालिकामा पनि सम्पन्न गरिएको छ । नेचासल्यान उपाध्यक्ष विना राईको अध्यक्षता तथा पालिका भित्रका शैक्षिक सरोकारवाला उपस्थित गोष्ठीमा रीड नेपालका शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्यायले आगामी योजना बारे जानकारी गराएका थिए ।

उपाध्यक्ष राईले नेचासल्यान गाउँपालिकाले चालु बर्षलाई शैक्षिक सुधार बर्षको रुपमा लिएको र अर्को बर्षबाट एक शिक्षक एक ल्यापटपको अवधारणा लागू गर्ने बताइन् । साथै रीड नेपालको शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पालिका सहकार्य गर्न तयार रहेको उनले बताइन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै