spot_img

विश्वकै अग्लो स्थानमा जलवायू परिवर्तन विषयक बिचार गोष्ठी सम्पन्न, अमेरिकी वैज्ञानिक सहभागी

spot_img

काठमाण्डौँ । विश्व किर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधारशिविरमा ‘जलवायू परिर्वतन सम्बन्धि शिखर सम्मेलन’सम्पन्न गरिएको छ ।

Advertisement

अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९)को अवसरमा आधारशिविर (५,३६४ मि.)उचाईमा वर्तमान परिस्थितीमा जलवायु परिर्वतन र त्यसको असर न्यूनिकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने द्येयले अमेरिकी वातावरण वैज्ञानिकहरुको सहभागीतामा सम्मेलन सम्पन्न गरिएको विश्व किर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिए ।

Advertisement

सम्मेलनमा यूनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट यूनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको प्रत्यक्ष सहभागीता रहेको थियो । उनीहरुले विश्वमा जलवायू परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनिकरणका सवालमा प्रतिवेदन पेश गरेका थिए ।

Advertisement
Sagarmatha Base Camp Climate Change Summit news may 29 1

पहिलो पटक वातावरण वैज्ञानिकहरुको सहभागीतामा आधारशिविरमा प्यानल अन्तरक्रिया आयोजना गरेर जलवायू परिवर्तनको सवालमा विश्व राष्ट्रको ध्यानाकर्षण गराउन आयोजित सम्मेलन सफलतापुर्वक सम्पन्न भएको सम्मेलनका संयोजक तथा सोसाइटीका सचिव पुर्ण राईले जानकारी दिए ।

सम्मेलनका लागि उपराष्ट्रपति नन्द बहादुर पुनबाट विदाई भएको टोलीमा विश्व किर्तिमानी समाजका उपाध्यक्ष टेक बहादुर राई र कोषाध्यक्ष बुद्धिराज राई, वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटे, सिग्नेचर होलिडेका संचालक सरन श्रेष्ठ, सिनेमाटो ग्राफर मिगेन्द्र पुतवार पनि सहभागी थिए । सम्मेलन अन्तरगत आधारशिविरको व्यवस्थापन सेभेन समिटले गरेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै