काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा खटाइने निर्वाचन अधिकृतको सूची संशोधन गरेको छ ।
आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ भने ७१ निर्वाचन अधिकृतमा खटाएको एक सूचना जारी गर्दै जानकारी गराएको हो ।
विभिन्न कारणले ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको आयोगले जनाएको छ ।
नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतलाई चैत २९ गतेभित्र नै तोकिएको स्थानमा हाजिर हुन पनि आयोगले निर्देशन दिएको छ ।बुधवार देखी नै लागू हुने गरी ७१ जना निर्वाचन अधिकृत हटाइएको हो ।यस्तै १६ जना निर्वाचन अधिकृतलाई एक स्थानीय तहको निर्वाचन अधिकृतबाट अर्को स्थानीय तहको निर्वाचन अधिकृतमा खटाउने गरी संशोधन पनि गरिएको आयोगले जनाएको छ ।