spot_img

सोलु कांग्रेसले बैठकबाट अभियानको कार्ययोजना तयार गर्ने

spot_img

नेपाली कांग्रेस सोलुखुम्बुले बैठकबाट ‘जनताको साथमा कांग्रेस’अभियानको कार्ययोजना तय गर्ने भएको छ ।

Advertisement

जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाका अनुसार कांग्रेस केन्द्रले तय गरेको तीन चरणको अभियान संचालानार्थ कार्य योजना निर्माणका लागि भदौ १५ का लागि बैठक बोलाइएको छ ।

Advertisement

केन्द्रीय प्रतिनिधि कल्पना चौधरीसहितको उपस्थितिमा बस्ने बैठकमा जिल्ला समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, महाधिबेशन प्रतिनिधि, प्रदेश सभा सभापति, प्रदेश अधिबेशन प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, कांग्रेसबाट स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार र पालिका सभापतिहरुको उपस्थिती रहनेछ ।

Advertisement

बैठकले केन्द्रीय अभियानलाई गाउँ बस्ति तहसम्म कसरी संचालन गर्ने सम्बन्धमा कार्ययोजना बनाउने कांग्रेस सोलुका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । वैठक भदौ १५ गते विहान ११ बजे जिल्ला समन्वय समितिको सभाहलमा बस्नेछ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै