spot_img

विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार

spot_img

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभाको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयका अधिकारीहरु भन्छन्, ‘प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।’

Advertisement

यसविषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग छलफल गरे । प्रचण्डको चाहनामा सत्ता साझेदार दलहरु सहमति भएको नेताहरु बताउँछन् ।

Advertisement

बरु यसबीचमा मन्त्रालय भागवण्डादेखि प्रदेश सरकारको भागबण्डा मिलाउने लगायतका कार्य सकाउने नेताहरुको तयारी छ । संघीय सरकारको भागवण्डाको विषय नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागिता सुनिश्चित भएपछि टुंगो लाग्ने नेताहरु बताउँछन् ।

मन्त्रालय भागबण्डामा एकीकृत समाजवादी समेतलाई ख्याल गरेर प्रारम्भिक खाका बनाएर छलफल चलाइएको छ । जस अनुसार एमालेले ९/१० वटा, माओवादीले ५, रास्वपा ३ मन्त्री एक राज्यमन्त्री, जसपा र सिके राउत २/२ र नेकपा एकीकृत समाजवादीले २/३ वटा मन्त्रालय लिनेछन् । तर, यसमा दलहरुको दाबी भने केही बढी छ ।

एमालेले १२ वटासम्म मन्त्रालय दाबी गरेको छ भने माओवादीले ७/८ मन्त्रालयमा दाबी गर्दै आएको छ । रास्वपाले पनि ५ वटा मन्त्रालय दाबी गरेको छ । साथसाथै, रास्वपाले उपसभामुखमा समेत दाबी गरेको छ । जसपाले उपराष्ट्रपति पदमा दाबी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारमा सहभागी भएको खण्डमा ठूला दलहरुले लिने मन्त्रालयको संख्या केही घट्नेछ । संविधानले राज्यमन्त्रिसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद रहने भनेको छ ।

मन्त्री बाहेकका पदहरुमध्ये राष्ट्रपति एमालेले लिने र सभामुखमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति छ । यसबाहेकका पदहरुमा आफूहरुको पनि दाबी रहने अन्य सत्ता साझेदार दलहरुले बताएका हुन् । यी सबै विषय प्रधानमन्त्रीले विश्वासको मत लिनु अगावै सकाइने गठबन्धनका नेताहरु बताउछन् ।

एमाले अध्यक्ष ओलीसँगको भेटमा सरकारको साझा न्युनतम कार्यक्रम तय गर्ने लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदले पूर्णता पाउँदै गर्दा साझा न्युनतम कार्यक्रम पनि साथै ल्याउने प्रयास हुनेछ । अर्थात, प्रधानमन्त्रीले विश्वासको मत लिनु भन्दा अगाडि सरकारको साझा न्युनतम कार्यक्रम तय गरिसक्ने प्रयास हुनेछ ।

साथसाथै, सत्ता साझेदार दलहरुले प्रदेश सरकारको विषयमा समेत छलफल सुरु गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटेर प्रदेश सरकारको भागबण्डाबारे छलफल गरेका छन् ।

प्रचण्ड निकट नेताहरुका अनुसार छलफलमा भागबण्डाको प्रारम्भिक खाकासहित छलफल भएको छ । प्रारम्भिक खाका अनुसार एमालेले कर्णाली, बागमती, प्रदेश १ र गण्डकी प्रदेश सरकारको नेतृत्व गर्नेछन् । तर, प्रदेश १ सरकारको प्रमुखमा माओवादी केन्द्रले दाबी गरेको छ । एमालेले पनि दाबी गरेको छ । कुरा नमिले यो प्रदेशमा आधा/आधा कार्यकाल नेतृत्व लिन सक्ने गरी सहमतिको सम्भावना खोजिने नेताहरु बताउँछन् ।

माओवादी केन्द्रले सुदुरपश्चिम् र लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिने, मधेस प्रदेश सरकारको नेतृत्वमा जसपा र जनमत पार्टीले दाबी गरेको छ । दाबी गरेका दुबै दलले आधा/आधा कार्यकाल नेतृत्व लिन सक्ने गरी सहमती जुटाउने प्रयास भइरहेको गठबन्धनका नेताहरु बताउँछन् ।

यता, सुदुरपश्चिम सरकारको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको छ । साना दलहरुको समेत समर्थन लिएर सरकार बनाएका कारण माओवादी र एमालेले कम्प्रमाइज गर्नुपर्ने कतिपय नेताहरुको तर्क छ । यस आधारमा सुदुर पश्चिम प्रदेशमा पनि आधा/आधा कार्यकालको विषय गठबन्धनको बैठकमा उठ्न सक्ने नेताहरु बताउँछन् ।

संघदेखि प्रदेशसम्म भागबण्डाको विषयमा छलफल गर्नका लागि बुधबार बस्ने भनिएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भयो । अहिले भागवण्डाको विषयमा छलफल अगाडि बढाउँदा त्यसको असर विश्वासको मत लिने बेला पर्न सक्ने भयका कारण पनि विश्वासको मत पछाडि नै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको चाहना रहेको बताइन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै