spot_img

राजश्व नतिरेको भन्दै तीन क्यासिनोको इजाजतपत्र खारेज

spot_img

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई नियमित रोयल्टी र अन्य शुल्क नतिर्ने तीनवटा क्यासिनोको इजाजतपत्र रद्द गरेको छ ।

Advertisement

पटक–पटक पत्राचार र सार्वजनिक सूचना प्रकाशित गर्दा पनि रकम दाखिला नगरिएको भन्दै हिजोको मन्त्री स्तरीय निर्णयबाट इजाजतपत्र रद्द गरिएको हो ।

Advertisement

पर्यटन विभागद्वारा जारी विज्ञप्ति अनुसार रक इन्टरनेसनल प्रालि काठमाडौं, ह्याप्पी हावर प्राली काठमाडौं र ओरियल्टल होटल्स (होटल र्‍याडिसन) लाजिम्पाटको इजाजतपत्र/अनुमतिपत्र खारेज गरिएको छ । यस निर्णय कार्यान्वयनका लागि गृह मनत्रालय र प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि भएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

क्इासिनो नियमावली २०७० जारी भएपछि सरकारले नौ महिनाभित्र इजाजतपत्र अनिवार्य लिन क्यासिनोहरुलाई सूचित गरेको थियो । तर इजाजतपत्रका लागि निवेदन पेश नगरेको भन्दै पर्यटन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट २०७१ साल वैशाख ५ गते त्यस्ता कम्पनीहरुको अनुमतिपत्र खारेज गरेको थियो । उक्त निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिएपछि ती क्यासिनोहरु यथावत सञ्चालनमा रहेका थिए ।

यसबीचमा पटक–पटक निर्धारित बार्षिक रोयल्टी र नविकरण शुल्क नियमितरुपमा नबिुझाएको भन्दै सूचना निकाले पनि त्यस्तो रकम दाखिला नगर्दा पर्यटन विभागको अभिलेखमा बाँकी बक्यौता बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

दुई क्यासिनोको धरौटी जफत

मन्त्रालयले तोकिएको रोयल्टी र इजाजत्रपत्र नविकरण दस्तुर दाखिला नगरेको भन्दै दुईवटा क्यासिनोको धरौटी जफत गर्ने निर्णय पनि गरेको छ । होटल टाइगर वान परिसर भैरहवा र होटल सांग्रीला परिसर काठमाडौंमा क्यासिनो सञ्चालन गर्ने इजाजतपत्र लिएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रालिको धरौटी जफत गरिएको हो ।

ती क्यासिनोलाई राजश्व दाखिलाका लागि १५ चैतसम्मको समयावधि दिएर सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको समयभित्र राजश्व दाखिला नगरिएकाले प्राइम बैंकमा रहेको १४ करोड २० लाख रुपैयाँ सरकारको राजश्व खातामा जम्मा हुने गरी खिच्ने मन्त्रीस्तरीय निर्णय भएको हो । सो व्यहोरा खुलाई प्राइम बैंकलाई पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै