spot_img

माप्यमा रीडको आयोजनामा शिक्षक क्षमता अभिबृद्धि तालिम

spot_img

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा गाउँपालिकाको सहकार्यमा ५ दिने शिक्षक क्षमता अभिवृद्धि तालिम आजबाट हिमालय मावि बासामा सुरु भएको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरिले जानकारी दिए । तालिममा अंग्रेजी, गणित,विज्ञान,सामाजिक र आइसिटी विषयलाई समेटेर प्रशिक्षण गरिने रीड नेपालले जनाएको छ ।

Advertisement

सामुदायिक विद्यालयमा प्राय अंग्रेजी, गणित, विज्ञान, सामाजिक र आइसिटी विषयको सिकाइ उपलब्धी कम हुने र धेरै विद्यार्थीहरु यी विषयमा कमजोर हुने भएकोले बालबालिकाको सिकाइ उपलब्धी वृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले बताए ।

Advertisement

तालिममा माप्यदुधकोशी गाउपालिका भित्र रीड नेपालले काम गर्ने २० विद्यालयका ५४ जना र पालिकाको तर्फबाट थप १५ जना र ४ जना स्थानीय स्रोत शिक्षक गरेर ७३ जना शिक्षकहरुको सहभागिता रहेको छ ।

Advertisement

तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षकहरु मुक्ति घिमिरे, सुजाता राई, विष्णु प्रसाद उपाध्याय, राजीव ढुंगाना र शरद गौतम र ऋषिकेश आचार्यले गरिरहेका छन् । यस अघि सोही प्रकृतिको तालिम सोलु दुधकुण्ड नगरपालिकामा संचालन भएको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै