spot_img

‘निर्माण व्यवसायिका कारण आलोचित बन्नुपर्यो’

spot_img

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले निर्माण व्यवसायीका कारण जनप्रतिनिधि आलोचित बन्नुपरेको बताएका छन् । थुलुङ दुधकोशी ९ को कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष राईले निर्माण व्यवसायी इमानदार नबन्दा जनप्रतिनिधिले गनली खानुपर्ने परिस्थिति सृजना भएको बताएका हुन् ।

Advertisement
IMG 20230116 WA0029

दुधकोशी नदिमा निर्माण हुनुपर्ने मोटरेवल पुलको उदाहरण दिदै अध्यक्ष राईले उक्त पुल निर्माणको सवालमा समन्वय गर्ने बाहेक स्थानीय सरकारको कुनैपनि भुमिका नरहेको बताए । उक्त कार्यको लागि सडक विभाग र पुल महाशाखाको प्रमुख भुमिका रहेपनि मुखदर्शक बन्नुका साथै राजनीतिलाई गतल व्याख्या गर्ने व्यक्तिका कारण आफुहरुले अनावश्यक गाली खानुपरेको प्रष्ट पारे ।

Advertisement
IMG 20230116 WA0033

अबदेखि ९ नम्बर वडाको सेवा आफ्नै भवनबाट संचालन हुनेछ । सेवाप्रवाहमा सहजता हुने वडा अध्यक्ष सनकुमार तामाङले विश्वास व्यक्त गरे । नवनिर्मित वडा भवन गाउँपालिका र जिल्ला समन्वय समितिको लागत साझेदारीमा निर्माण भएको पालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिए ।

Advertisement
IMG 20230116 WA0045

कार्यक्रमको अवसरमा जग्गादातालाइ सम्मान समेत गरिएको छ । उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई, वडा नम्बर ८ का वडा अध्यक्ष राजेश बाबू किराँती लगायतको उपस्थित रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै