spot_img

खुम्बु भ्रमणमा आएका एक ब्रिटिस नागरिकको मृत्यु

spot_img


फागुन ५, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक ब्रिटिस नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रिटिसका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिल कुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ गोरक्क्षेप स्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।

Advertisement

गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेप स्थित हिमालयन लजमा बास बसेका थिए ।

Advertisement

सोही दिनको साँझ अन्दाजी ५ बजेको समयमा अचानक होटलमै बेहोस भइ ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले बताए ।

उनले भने, “विदेशी नागरिक बुधबार लुक्लामा जहाजमार्फत ओर्लिएर त्यहाँबाट एभ्रेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेको रहेछ, त्यही बेहोस भएर ढलेका उनको केही समयपछि नै मृत्यु भयो ।”

शव अल्टीच्यूट हेलिकोप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रकृया पुरा गरेर शुक्रबार काठमाण्डौँको शिक्षण अस्पताल पठाइएको प्र्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै