spot_img

हिउँदमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घट्यो

spot_img


माघ ८, काठमाण्डौँ । हिउँदमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा ३० प्रतिशतले गिरावट आएको छ । गत वर्षको पुस महिनाको तुलनामा यस वर्षको सोही अवधिकमा खुम्बु भ्रमण गर्नेको संख्यामा ३०.७८ प्रतिशशले गिरावट आएको हो ।

Advertisement

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्क अनुसार यस वर्षको पुस महिनामा सगरमाथा क्षेत्र भ्रमण गर्नेको संख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुस महिनामा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए ।

Advertisement

यस वर्षको पुस महिनामा एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सुचना अधिकारी संरक्षण अधिकृत मनोज कुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ जना विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए ।

Advertisement

यस वर्षको सोही अवधिमा एक सय २० जना नेपाली र एक हजार दुई सय नौ जना विदेशी खुम्बु पुगेका निकुञ्जको कार्यालयको तथ्याङ्क छ । विदेशी तथा स्वदेशी पर्यटकको अत्याधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र चिसो बढेसँगै एक्लिएको छ ।

यस क्षेत्रमा यतिखेर चिसो अत्याधिक रहेकाले पर्यटक आवगमन न्यून भएसँगै सुनसान बनेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । यहाँ वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ । फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कार्तिक, मंसिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यस बाहेकका समयलाई अफसिजन मानिन्छ ।

सिजनमा दैनिक नौ सय जनादेखि एक हजार जनासम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले ५÷७ जना पर्यटक मात्रै भ्रमणका लागि आउँने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुका सुचना अधिकारी मनोज कुमार मण्डलले बताउनुभयो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै