spot_img

वैवाहिक करणी मुद्दाका प्रतिवादी अनुज खड्का थुना मुक्त, सोलु जिल्ला अदालतको फैसला उल्टियो

spot_img

साउन २५, सोलुखुम्बु । वैवाहिक करणी मुद्दामा सोलुखुम्बुमा जेल जीवन विताईरहेका गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का २७ बर्षीय अनुज खड्का भनिने विजयराज छिनालले सफाई पाएका छन् । आफ्नै श्रीमतीलाई करणी गरेको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका पत्रकार समेत खड्कालाई उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले सफाई दिएको हो ।

Advertisement

उच्च अदालतले यहि साउन २३ गते खड्काको घटना कुटपिटमा परिणत हुने फैसला गर्दै सोलुखुम्बु जिल्ला अदालतको फैसला उल्टाउदै सफाई दिइएको हो । उक्त मुद्दामा सोलुखुम्बु जिल्ला अदालतका न्यायधीश प्रकाश कुमार अधिकारीको इजालसले प्रतिवादी खड्कालाई दोषी ठहर गर्दै गत फागुन २५ गते १ वर्ष ६ महिना कैद र ३ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । तर खड्काले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

Advertisement

पुनरावेदनले प्रतिवादी खड्काको पक्षमा फैसला गर्दै निज खड्कालाई अन्य कारणबाट थुनामा राख्न नपर्ने भएकाले कैदमुक्त गराई दिन भन्दै जिल्ला कारागार सल्लेरीलाई पत्राचार समेत गरेको छ । २०७९ असार १० गते पक्राउ परेर सोही महिनाको २९ गते पुर्पक्षका लागि जिल्ला कारागार सल्लेरी चलान भएका थिए ।

Advertisement

उच्च अदालतको फैसलासँगै १३ महिना १३ दिन थुनामा बसेका प्रतिवादी खड्का थुनामुक्त भएका छन् । आफुलाई झुटा मुद्दामा फसाइएपनि उच्च अदालतबाट सफाई पाएको भन्दै अब न्यायको लागि कानुनी लडाईमा उत्रिने खड्काले बताए । साथै आफु अब नियमित सञ्चारकर्ममा फर्कने समेत उनले प्रतिकृया दिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै