spot_img

सोलुमा हराँदै घुमको प्रयोग, पछिलो पिढी मौलिक संस्कारबारे अनविज्ञ

spot_img

असार २२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट घुम लोप हुने अवस्थामा परेको छ । गाउँघरमा वर्षे झरी छेक्न प्रयोग गरिने घुम पछिल्लो केहि दशक यता हराउँदै जाने थालेको बुढापाकाको चिन्ता छ ।

Advertisement

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका १ सिमखर्ककी निलु शेर्पालाई आफु सानो छदा घुम ओडेर मेलापात गरेको र विद्यालय गएको सम्झना मनस्पटलमा ताझै छ । तर पछिल्लो दशक घुमको प्रयोग हराएको देख्दा उनलाई अच्चम लागेको छ ।

Advertisement

अहिले घुमको ठाउँ छाताले लिएको छ भने घुम ओढेर मेलापात गएको दिन अहिले सम्झना मात्र भएको नेलेकी सावित्री बस्नेतको भनाई छ । भोर्लाको पात मोहोरेर बाँस तथा निगालाको चित्रामा बनाइने घुमको ठाउँ पछिल्लो समय छाता र प्लष्टिकले ओगटेका छन् भने घुम बुन्ने सीप समेत हस्तान्तरण हुन नसक्दा किसानका लागि बहुउपयोगी घुम हराएको सोलुदुधकुण्ड नगरपालिका ५ रोशीका बृद्ध डम्बर बहादुर बस्नेतले बताए ।

Advertisement

उमेरदार र तन्नेरीहरको रोजाई नयाँ फेसेनवल छाता नै बनेको छ भने विभिन्न रंग र आकारमा उपलब्ध छाता सजिलो भएकाले घुम प्रतिको आर्कषण खस्किएको बुढापाकाको भनाई छ । जसका कारण पछिल्लो पिढी नेपाली मौलिक संस्कारसँग समेत जोडिएको घुमबारे अनविज्ञ छन् ।

नेपालमा भारतमा निर्मित छाता पाइने भएपनि देशका अधिकांश भागमा चिनमा निर्मीत छाता कै बर्चस्व छ । सस्तोमा पाईने छाता अहिलेका पुस्ताको पहिलो रोजाई नै भएको छ ।

तर सुस्त गतिमा हराउँदो अवस्थामा रहेको घुम ओढ्ने चलनले युवालाई भने समेट्न सकेको छैन् । परम्परागत ज्ञानको लोप भएमा समुदायले मात्र हानी व्यहोर्ने नभई पुरै देशले क्षति व्यहोर्ने निश्चित छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै