spot_img

सोलुमा जंगली च्याउप्रति उपभोक्ताको आकर्षण उच्च

spot_img

असार १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा वर्षा याम सुरु भएसँगै हाट बजारमा जंगली च्याउको माग अधिक छ । सदरमुकामको साप्ताहिक हाटमा जंगलबाट खोजेर ल्याएको च्याउ किन्नमै उपभोक्ता सकृय देखिन्छन् ।

Advertisement

कतिपय उपभोक्ताहरु च्याउ खरिदकै लागि हाट सम्म आएको बताउथे । उनीहरु वर्षौदेखि च्याउका पारखी छन् भने किसानहरुले समेत वर्षौदेखि जंगली च्याउ बिक्रीबाट वर्षातमा राम्रो आम्दानी गरिरहेका छन् । चारकोशे झाडीबाट हिसं्रक जिवजन्तुको भय नगरी खोजेर ल्याइने च्याउ बिक्रीबाट एक सिजन उनीहरुको गुजारा समेत चलिरहेको हुन्छ ।

Advertisement

सल्लेरी नयाँ बजारकी कल्याण श्रेष्ठ साप्ताहिक हाट नयाँ बजारमा च्याउँ किन्दै थिइन् । वर्षात सुरु भएसँगै जंगलमा पाईने च्याउको मिठो स्वादको यादले सधै आकर्षीत गर्ने श्रेष्ठ जब शनिबार लाग्छ तब उनी च्याउ खरिद गर्न हाटमा जाने गर्छिन् ।

Advertisement

यहाँको जंगलमा रातो च्याउ, मार्ते च्याउ, पहेलो च्याउ, थाक्रे च्याउ, गिद्धे च्याउ, खुट्टे च्याउ लगायतका दर्जनौ प्रजातिका च्याउहरु पाइने गरेको किसानहरु बताउँछन् । कतिपय उपभोक्ताहरु जंगली च्याउको स्वाद भनेपछि हुरुक्कै हुन्छन् । जुन च्याउको पारखी मध्ये सल्लेरीका दुर्गा प्रसाद पुडासैनी पनि एक हुन् ।

उनले हरेक हप्ता साप्ताहिक हाट नयाँ बजारमा च्याउ खरिद गर्छन् भने कोशेलीको रुपमा अन्य ठाउँहरुमा समेत पठाउने पठाउने गरेका छन् । शनिबारको हाटमा मात्रै पुडासैनीले ३ हजार रुपैयाँको रातो च्याउ खरिद गरे ।

उनले भने, ‘यो च्याउको म खुबै पारखी हुँ, आज पनि मैले ३ हजार रुपैयाँको रातो च्याउ किने, च्याउ त उमारेको च्याउहरु पाइन्छ तर यो जंगलमा आफै पलाउने च्याउ असाधै मिठो हुन्छ, यसको स्वाद भनेपछि हुरुक्कै हुने मेरा इष्टमित्रहरु छन् काठमाण्डौँमा उनीहरुलाई पनि म पठाउछु, उनीहरुलाई सोलुको च्याउ भनेपछि त के चाइयो र !’

च्याउको स्वाद मन नपर्ने सायदै कमै होलान । तर कतिपय जंगली च्याउहरु यतिधेरै विषालु हुन्छन् कि जसको सेवनले मानिसको ज्यान समेत लिएको घटनाहरु प्रसस्तै छन् । गत शुक्रबार मात्रै ओखलढुंगाको चिशंखुगढीमा विषालु च्याउँ खादा एक जनाको ज्यान गयो भने एक जना सिकिस्त बने ।

यस्तै शनिबार बुटवलमा विषालु च्याकै कारण ६ जना सिकिस्त बनेका छन् । यि समाचारहरुले उपभोक्तादेखि बिक्रेताहरु समेत झस्किएका छन् । च्याउ खरिद गर्ने स्थानहरुमा समेत उपभोक्ताहरु विषालु च्याउकै कुरा गर्दै थिए ।

उनीहरु भन्दै थिए, ‘कसरी चिन्ने होला खाने च्याउ ?’ झण्डै ३५ वर्षदेखि जंगली च्याउ टिपेर उपभोग गर्दै आएका तामाखानीका सन्त बहादुर मगर(¥याविट) भन्छन्, ‘अरु त मलाई थाहा छैन् तर मेरो झण्डै ३५ वर्षको च्याउ टिपेको अनुभवमा यो विषालु च्याउको वरीपरि अन्य किराहरु हुँदैन, त्यो च्याउको विषले वरिपरिको झारपातदेखि किराहरु समेत नष्ट गर्ने भएकाले विषालु च्याउमा किरा हुँदैन र अर्को कुरा हामीले च्याउ टिप्दा विष नभएकोमा टिपेपछि रंग केहि परिवर्तन हुन्छ तर विषालु च्याउ त्यस्तो हुन्न ।’

नेपालमा १२ सय ९१ प्रकारका जंगली च्याउ पाइने विभिन्न अध्ययनहरुको दाबी छ । तीमध्ये ७४ प्रकारका च्याउमा औषधीय गुण हुन्छ । १ सय ५९ प्रजातिका च्याउ खानयोग्य हुन्छन् भने १ सय प्रजातिका च्याउ विषालु हुने बिज्ञहरु बताउछन् । हरेक वर्ष यस सिजनमा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानालेनै ज्यान जाने गरेको तथ्याँक छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै