spot_img

सोलुखुम्बुको महाकुलुङमा टाइफाइड फैलिदै

spot_img

जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ क्षेत्रमा टाइफाइडको बिरामी बढ्न थालेकोे छ । केहिदिन यता महाकुलुङ क्षेत्रमा टाइफाइडका बिरामीको संख्या बढ्न थालेको महाकुलुङ प्राथामिक अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालका डा. हरि कटवालका अनुसार अहिले नियमित रुपमा दैनिक २ देखि ३ जनासम्म बिरामी टाइफाइडको समस्या लिएर अस्पताल आउने गरेका छन । गर्मी मौसम सुरु भएसगैं दुषित पानी र बासी खानेकुरा प्रयोगका कारण यस्ता रोग फैलिएको डा.कटवालले बताए ।

Advertisement

पानी उमालेर पिउने र बासी सडेगलेका खानेकुरा नखाए यसबाट बच्न सकिने डाक्टरको सुझाव छ । टाइफाइड प्राय गर्मी समयमा आउने एक प्रकारको ज्वरो हो । तर चिसो मौसमा पनि टाइफाइडले सताउन सक्छ ।

Advertisement

टाइफाइड हुँदा शरीर शिथिल हुनगइ एक्कासी ज्वरो बढ्ने जस्ता लक्ष्यण देखा पर्ने बताइएको छ । बाहिरको खाना बढी रुचाउने भएकाले यो रोगबाट केटाकेटीहरु बढी प्रभावित हुने गरेको चिकित्सक बताउँछन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै