spot_img

काँगेल र पञ्चनका किसानलाई ज्ञान केन्द्रले दियो मिल र मिनिटिलर

spot_img

बैशाख २०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको काँगेल र पञ्चनका कृषक समुहलाई १५ वटा कुटानी पिसानी मिल र १० वटा मिनिटिलर वितरण गरिएको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र सोलुुखुम्बुले चालु आर्थिक वर्षको संघिय सशर्त कार्यक्रमको मकै बाली पर्वद्धन कार्यक्रम अन्र्तगत आज बुधबार थुलुङ दुधकोशी २ काँगेल र ३ पञ्चनका ५ वटा कृषि फमलाई ५० प्रतिशत अनुदानमा उक्त सामाग्री वितरण गरिएको हो ।

Advertisement

काँगेलको नागपोखरी कृषक तथा पशु विकास समुहलाई ७ वटा मिनिटिलर, एउटा कुटानी पिसानी मिल र १५ सेट त्रिपाल वितरण गरिएको ज्ञान केन्द्रका नि. प्रमुख दुर्गा बहादुर तिरुवाले जानकारी दिए ।

Advertisement

उनका अनुसार पञ्चनका केशव बुहउदेश्य कृषक तथा पशुपक्षी फर्म, साजन कृषि तथा पशुपंक्षी फम, लक्ष्मी बहुउदेश्य कृषि तथा पशु फम र रोलिङ बुउदेश्य कृषि तथा पशुपंक्षी फमलाई १४ वटा कुटानी पिसानी मिल, ३ वटा मिनिटिलर, ८ सेट त्रिपाल र विषादी तथा मल लगायतका कृषि सामाग्री वितरण गरिएको हो ।

उक्त सामाग्रीहरु गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यता तथा वडा नम्बर २ का वडाध्यक्ष युजन बस्नेत, ३ का वडाध्यक्ष इन्द्रमणी दाहाल लगायतको उपस्थिती वितरण गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै