spot_img

वाणिज्य बैंक सल्लेरीको सुस्त सेवाका कारण सेवाग्राही हैरान !-सत्य प्रेस

spot_img

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको सेवा सुस्त हुँदा सेवाग्राही हैरान भएका छन् । जिल्ला सदरमुकामबाट सञ्चालन भईरहेको एक मात्र सरकारी बैंकको सेवा प्रवाह सुस्त हुँदा सेवाग्राही घण्टौँ कुर्न बाध्य बनेका हुन् ।

Advertisement

सल्लेरीमा झण्डै एक दर्जन बैंकहरु सञ्चालनमा रहेका छन् । जसमा निजी बैंकहरुको सेवा सामान्यतय ठिकै भएपनि सरकारी बैंकमा भने अत्यन्त ढिलासुस्ती हुने गरेको सेवाग्राही पेम्बा शेर्पाले गुनासो गरे ।

Advertisement

जसका कारण अशक्त, अपांगता भएका तथा बृद्धबृद्धाहरु समेत लामो समय लाईनमा उभिन बाध्य बनेको अर्का सेवाग्राही विर बहादुर मगरले बताए । कर्मचारी विनियमावलीमा बृद्धबृद्धा, अपांगता भएका, सुत्केरी तथा अशक्तहरुलाई सेवाप्रवाहमा पहिलो प्राथमिकता दिइने उल्लेख भएपनि राष्ट्रिय बाणिज्य बैंक सल्लेरीमा त्यस्तो नभएको सेवाग्राहीको गुनासो छ ।

Advertisement

सल्लेरीकै निजि बैंकको सेवा छिटो छरितो भएपनि सरकारी स्तरको बैंकका कर्मचारीहरुले हेलचेक्र्याई गर्दा सेवाग्राही मर्कामा परेको सर्वसाधरण बताउँछन् । सेवाप्रवाहको सवालमा नियमनकारी निकायले अनुगमन नगर्दा समस्या भएको सेवाग्राही महेश राईको गुनासो छ ।

इन्टरनेटको खराबी लगायतका कारण समय समयमा सेवा प्रभावित हुने गरेको बैंकका शाखा प्रबन्धक चित्र बहादुर खड्काले बताए । अन्य बैंकहरुको तुलनामा वाणिज्यमा सेवाग्राहीको समेत भिड बढी हुने भएकाले लामो समय कुर्नुपरेको उनको भनाई छ ।

अशक्त, बृद्धबृद्धाहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्ने सवालमा आफुहरु प्रतिबद्ध रहेको शाखा प्रबन्धक खड्काले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै