spot_img

खुम्बु हिउँले ढपक्कै, पर्यटकहरुमा खुसीयाली

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । शुक्रबार वर्षातसँगै भारी हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको हो ।

Advertisement

शुक्रबार साँझबाट राती ९ बजे सम्म भएको हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए । उनका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटकहरु हिउँ खेल्नमा व्यस्त बनेका छन् ।

Advertisement

वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटकहरु नाँचगान गरेर रमाईरहेको उपाध्यायले बताए । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यू पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ खेल्ने पर्यटकले भरिभराउ बनेको जनाइएको छ ।

Advertisement

हिमपात पनि आज शनिबार विहानैदेखि घाम लाग्दा खुम्बु क्षेत्र पुरै चाँदी झै टलक्के टल्किएको स्थानीय फुर्वा शेर्पाले बताए । मनमोहक दृष्य अललोकन गर्न अधिकांश पर्यटकहरु विहानैदेखि डाँडापाखा तर्फ निस्किएका छन् ।

तस्विर सौजन्य – भुमिराज उपाध्याय

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै